२०८२ फागुन १९ गते | 3rd of March 2026

शिखर पुरुष कोइरालाको सम्झनामा अमेरिकामा अन्तरक्रिया कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २८ गते १६:४४

कनेक्टिकट – नेपाली राजनितीका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९५ औं जन्मजयन्तीको अवसर पारेर अमेरिकाको कनेक्टिकटमा उहांका योगदानका बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

नेपाली जन सम्पर्क समिती अमेरिका कनेक्टिकट च्याप्टरको संयोजन तथा नेपाल बिद्यार्थी संघ अमेरिकाको आयोजनामा दिबंगत नेपाली राजनितीका शिखर व्यक्तित्व कोइरालाको सम्झनामा उहांको जन्म स्मृती कार्यक्रम सम्पन्न भएको नेपाल बिद्यार्थी संघ अमेरिका शाखाका संयोजक प्रभातराज सापकोटाले बताउनुभयो । 

नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुबेदी, नेपाली जन सम्पर्क समिती अमेरिकाका पुर्ब संयोजक बिष्णु सुबेदी, नेबि संघ अमेरिका शाखाका संयोजक सापकोटा, जन सम्पर्क समिती अमेरिका कनेक्टिकट च्याप्टर सभापती यादब दुलाल, एनआरएनए अमेरिकाका उपाध्यक्ष रामकुमार सुबेदी, च्याप्टर अध्यक्ष घनश्याम खड्का, लायन्स क्लवका चार्टर हार्टफोर्ड अध्यक्ष राज श्रेष्ठ, नेपाली जन सम्पर्क समिती अमेरिका न्युयोर्क च्याप्टरका पुर्ब उपसभापति रामचन्द्र रेग्मी लगायतका वक्ताहरुले दिवंगत नेता कोइरालाको योगदानको चर्चा गर्नुभएको थियो । 

कार्यक्रमको सभापतित्व जन सम्पर्क समिती अमेरिका कनेक्टिकट च्याप्टरका सल्लाहकार गौरीश्वर शर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन नेबी संघ अमेरीका शाखा केन्द्रीय सदस्य एबम महेन्द्र रत्न क्याम्पस ताहाचल का पुर्ब बिध्यार्थी नेता के पी भट्टले गर्नु भएको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *