२०८२ चैत १९ गते | 2nd of April 2026

युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाईने

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २८ गते १७:३१

काठमान्डौं – प्राविधिक तथा व्यवसायिक सीप नभएका युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने भएको छ।

सरकारले वैदेशिक रोजराीमा जाने युवालाई अनिवार्य कामसँग सम्बन्धित प्राविधिक तथा व्यवसायिक सीपको ज्ञान हुनुपर्ने बाध्यकारी नियम ल्याउन तयारी गरेको छ।

श्रम, रोजकार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारको पहिलो प्राथमिकता वैदेशिक रोजगार नभई देशभित्रको रोजगारी रहेको जनाउँदै रोजगारीको अल्पकालिन विकल्पका लागि वैदेशिक रोजगारीमा जानै परे पनि सीप सिकेमामात्र पठाउने छ।

सरकारले यसकालागि केही दिनभित्र यससम्बन्धी बाध्यकारी नियम ल्याउने मन्त्री विष्टले जानकारी दिए। यो खबर आजको ‘कारोबार’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

वैदेशिक राेजगारीबाट फर्किएका यवाहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, “सरकराको पहिलो प्राथमिकता वैदेशिक रोजगार नभइ देशभित्रको रोजगारी, हो, देशिभित्रै अत्याधिक रोजगारी सिजना गर्ने देश भित्रै श्रमको सम्मान गर्ने वातावरण बनाउने बताए।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *