२०८१ वैशाख २२ गते | 4th of May 2024

भाडामा ल्याउने रेल केही महिनाभित्रै नेपाल आइपुग्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २८ गते १८:०६

काठमान्डौं – आगामी डिसेम्बरदेखि जनकपुर-जयनगर रेलमार्ग सञ्चालनमा आउने भएको छ । त्यसका लागि रेलको डिब्बा भने भाडामा ल्याउने सहमति भएको छ । मंगलबार सम्पन्न भारत र नेपालका अधिकारीहरूको बैठकमा भारतले डिब्बा भाडामा उपलब्ध गराउने र जनशक्ति पनि दिने सहमति भएको छ ।

नेपालमा रेलको डिब्बा पनि नभएको र रेल चलाउन जनशक्ति पनि नभएका कारण भाडामा ल्याउनु परेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।भारतीय पक्षले डिब्बा र जनशक्ति उपलब्ध गराए पनि सञ्चालनमा सम्पूर्ण अधिकार नेपालको हुने उनले बताए । भारतले भाडामा उपलब्ध गराउने रेलको रङ नेपालले चाहे अनुसारकै हुने र रेलमा नेपालकै झण्डा समेत राखिने छ ।रेल विभागका अनुसार निश्चित समयपछि नेपाल आफैँले डिब्बा किन्ने तयारी छ ।

‘तत्कालै किनेर ल्याउँदा हामीसँग अनुभव नभएका कारण केही समस्या हुनसक्छ । जनशक्ति पनि छैन’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसैले अहिले भाडामा ल्याउने हो, हामीसँग जनशक्ति र अनुभव भए पछि आफ्नै रेल गुडाउछौं ।’भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ । जनकपुर-जयनगर रेलमार्गमा लिक विछ्याइसकिएको छ । भाडामा ल्याउने रेल केही महिनाभित्रै नेपाल आइपुग्ने र डिसेम्बरदेखि सञ्चालन शुभारम्भ गरिने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *