काठमान्डौं – पत्रकार नारायण वाग्ले कान्तिपुर दैनिकको प्रधान-सम्पादक नियुक्त भएका छन्। कान्तिपुर व्यवस्थापनले शुक्रबार वाग्लेलाई प्रधान-सम्पादक नियुक्त गरेको हो। वाग्लेले १० वर्षअघि कान्तिपुरको प्रधान-सम्पादकबाट राजीनामा दिएका थिए। त्यसपछि उनी नागरिक दैनिकमा तीन वर्ष प्रधान-सम्पादक भए।
पल्पसा क्याफे उपन्यासबाट मदन पुरस्कार जितेका वाग्ले पछिल्लो समय सेतोपाटीमा प्रमुख लेखक तथा टिप्पणीकार थिए। यसअघि बुधबार कान्तिपुर र द काठमान्डु पोस्टका प्रधान-सम्पादकहरू सुधीर शर्मा र अखिलेश उपाध्यायले राजीनामा दिएका थिए।