२०८१ वैशाख १९ गते | 1st of May 2024

निहारिका र ज्ञानमणिलाई योगमाया सम्मान

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २९ गते १६:१५

पुष्पा खनाल, काठमाडौँ । नेपाल स्रष्टा समाजले समाजसुधारक योगमायाका नाममा स्थापना गरिएका दुई वटा सम्मान प्रदान गर्ने भएको छ ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिकालाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय गरिएको हो ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान वि.सं. २०६५ सालदेखि प्रदान गर्दै आइएको हो भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान यसै वर्ष २०७५ मा स्थापना गरिएको हो । यी दुवै सम्मानहरु आगामी साउन सात गते हरिशयनी एकादशीका दिन एक समारोहका बीच प्रदान गरिनेछ । वि.सं. १९९८ आषाढ २२ गते हरिशयनी एकादशीकै दिनमा योगमायाका नेतृत्वमा उनीसहित ६८ जनाले तत्कालीन सांस्कृतिक बेथितिका विरुद्धमा अरुण नदीमा जलसमाधि लिएका थिए ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान समाजका अध्यक्ष पवन आलोकले दुई लाखको राशिबाट स्थापना गर्नुभएकोमा साहित्यकार रमा शर्माले हालै थप एक लाख रुपैंया प्रदान गर्नु भई यसको अक्षयकोष हाल तीन लाख पुगेको छ । यो सम्मानको राशि २५,१११ रुपैंया रहेको छ । यसै गरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान राजेश न्यौपाने र केदारप्रसाद न्यौपानेले यसै वर्ष स्थापना गर्नुभएको हो । यसको अक्षयकोषमा दुईलाख र पुरस्कार राशि २०,१११ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *