२०८० मंसिर १९ गते | 5th of December 2023

कन्दरा ब्यान्डको सांगितिक प्रस्तुती, जुलाई १६ लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ३० गते ९:३२

लस एन्जलस – नेपाली पप तथा लोक संगीतको चर्चित ब्यान्ड कन्दराले लस एन्जल्समा आफ्नो भब्य सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएको छ ।

लेककी हे माया, हंगकंग पोखरा, तगारोमा रुमाल राखी, बिदेशिएर गईन उनी लगायत सैयौं नेपाली लोक पप संगित प्रदान गराएको कन्दरा ब्यान्डको यो पहिलो अमेरिकी भ्रमण हो । यसअघि ब्यान्ड्का गायक विवेक श्रेष्ठ अमेरिका आएर एकल प्रस्तुती दिएका भने तेस्रो नेपलीज अमेरिकन कन्भेन्सनमा आफ्नो सांगितिक प्रस्तुतीका लागि कन्दरा ब्यान्डको पुरै समुह प्रथमचोटी अमेरिका आएको हो । 

सम्मेलनस्थल डिसी क्षेत्रमा सांगितिक प्रस्तुती प्रदान गराईसकेको कन्दरा ब्यान्ड जुलाई १६ तारिख लस एन्जलसमा हुने सांगितिक सांझको प्रस्तुती पश्चात डालासमा आफ्नो कार्यक्रममा जाने एफओएन ग्रुपका संयोजक, एनएसी संयोजक एवम कन्दरा ब्याण्डको सांगितिक कार्यक्रमको समेटा संयोजन गरिरहेका लस एन्जलसका युवा विश्व सुवेदी(बास विश्व)ले बताएका छन ।

Kandara Band here in Los Angeles inviting all the friends & families of Greater Los Angeles to join Kandara’s live performance here in LA on July 16th @ Downey theatre.

Posted by Bash Bissu on Wednesday, July 11, 2018

Posted by Bash Bissu on Wednesday, July 11, 2018

नेपथ्य ब्याण्डको सांगितिक प्रस्तुतीपछिको ठुलो सांगितिक सांझमा उपस्थित भई सहयोग गरिदिन लस एन्जलस र यस क्षेत्र वरपरका नेपाली समुदायलाई सुवेदीले आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *