२०८१ वैशाख १५ गते | 27th of April 2024

लस एन्जलसमा पौडी खेल्दा डुबेर बिद्धार्थी अमिर शाहीको निधन

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ३० गते १८:०१

लस एन्जलस – क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा दुर्भाग्यवश अचानक डुब्दा अचेत भएका अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी अमिर शाहीको उपचारको क्रममा शुक्रवार निधन भएको छ । ओरेन्ज कोयस्ट कलेज, कोस्टा मेसामा अध्ययनरत १८ बर्षका शाही गत जुलाई ३ तारिखमा पौडी खेल्न जांदा अचेत भएका थिए । स्थानिय न्यूपोर्ट विच स्थित अस्पतालमा कोमामा राखेर उपचार गर्दा-गर्दै क्रममा शाहीको निधन भएको हो ।

नेपालमा सुर्खेत जिल्ला निवासी अमिर उच्च शिक्षाका लागि अमेरिका आएका थिए । उनको दाह-संस्कारका लागि एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर, एनआरएन अमेरिका महिला संयोजक इन्दीरा त्रिपाठीले समुदायसंग सहयोगका लागि अपिल गरेका गरेका छन् । शाही परिवारमाथी परेको यो बिलखबन्धनमा सहयोगका लागि एनआरएन क्यालिफोर्निया च्याप्टरले मार्फत सहयोग गरिदिनुहुन अपिल गरेको छ ।

परिवारको चाहना बमोजिम शाहीको शवलाई नेपाल लैजाने तयारी गरिएको एनआरएन क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डेले जानकारी दिएका छन ।  समाजसेवी मनिता गोपाल, अर्चना देउजा र प्रतिमा रानाद्दारा शुरु गरिएको गो-फन्ड एकाउन्ट :

Go-Fund सहयोगको लागि यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *