अमेरिका – अमेरिकाको न्यूमेक्सिको राज्य स्थित एलएमजी हस्पिटल समूहमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत डा. केशव पौडेल (एमडी)लाई बुधवार संस्थाले “हेल्थकेयर हिरो’ को सम्मान दिएको छ । डा. पौडेल कार्यरत लभलेस सिस्टम अन्तर्गत उक्त राज्यमा पाँच अस्पताल र करिब पाँच हजार कर्मचारी कार्यरत छन् । त्यहाँ कार्यरत कर्मचारी मध्येवाट यस पटक डा. पौडेललाई यो सम्मान दिइएको हो ।
एनआरएन अमेरिकाका वर्तमान अध्यक्ष समेत रहेका डा. पौडेल नेपालबाट डाक्टरी पढाई सकेर अमेरिका आएका थिए । ‘यो एउटा सम्मान हो मलाई अझ आफ्नो क्षेत्रमा राम्रोसँग काम गर्ने प्रेरणा मिल्नेछ’ डा. पौडेलले भने ।
सधैँ अनुहारमा हाँसोका साथ जिम्मेवारी पुरा गर्ने अग्रसर डा. पौडेल आफ्नो क्षेत्रमा उत्कृष्ट सेवा दिन तत्पर रहंदै आएको सम्मानमा उल्लेख गरिएको छ । डा. पौडेल कर्मचारी व्यवस्थापन लगायत व्यवस्थापन तहमा कार्यरत छन् ।![Image may contain: 6 people, people standing](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.0-9/18485288_10155368953282360_4409448643524247255_n.jpg?oh=78a4a429cf0148d2edcbdc8c81cd1583&oe=59BE472D)
आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा पून: अध्यक्ष पदमा प्रत्यासे बनेका डा. पौडेलले उक्त सम्मानले आफ्नो क्यारियर र कर्तब्यमा जिम्मेवारीताको बोध गराएको समाचार हिमालयखबरले प्रकाशन गरेको छ ।
It’s very interesting! If you need help, look here: hitman agency