लसएन्जलस – क्यालिफोर्नियाको लसएन्जलस शहरमा हिजो साँझ एक कार्यक्रममा २०५ अौ भानु जयन्ती मनाउदै ‘अध्यात्म पुस्तक’ बिमोचन गरिएको छ ।
स्थानिय श्री पशुपतिनाथ तथा बुद्द मन्दिरमा आयोजना गरिएको सो कार्यक्रम अन्तरराष्ट्रिय नेपाली साहित्य समाज लसएन्जलस च्याप्टरको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली साहित्य समाजको केन्द्रिय कोषाध्यक्ष शान्तिराम ढकालले भानु भक्त आचार्यको जिबनी र साहित्यमा उनले गरेको योगदानको बिषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा आचार्य चुडामणी पाठकद्वारा लिखित “अध्यात्म-बिज्ञान ” पुस्तकको बिमोचन गरिएको थियो । हिन्दू धर्म अन्तर्गत बैदिक सस्कृति ,भक्ति-शुत्र ,योग बिधा ,योग शुत्र, उपनिषद लगायत १५ बिभिन्न बिषय हरु समेटिएको सो पुस्तक सरल नेपाली भाषामा लेखिएको र पुस्तक प्रकाशन गर्नु पर्ने उदेश्य र पाठकहरुले यसबाट प्राप्त गर्नुहुने ज्ञानको बिषयमा लेखक आचार्य चिन्तामणी पाठकले प्रकाश पार्नुभएको थियो ।
![](https://i1.wp.com/himalipost.com/wp-content/uploads/2018/07/37224603_10216427729674118_2211375976632287232_n.jpg?zoom=3&resize=640%2C480)
त्यस्तै बिमोचन गरिएको पुस्तकको बिषयमा प्रमुख अतिथी डा. दिपक सिम्खडा ,अतिथी रामेश्वर भण्डारी र राम लामाले छोटो चर्चा गर्नुभएको थियो । सो अवसरमा महाबाणिज्य दुत ॠषि ढकाल र श्री पशुपतिनाथ फाउन्डेसनको अध्यक्ष भक्त थापाले अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले स्वदेश एब बिदेशमा भाषा बिकास र सम्बर्द्दन एब सास्कृतिक पहिचानमा पुर्याएको योगदानको बिषयमा र बिमोचन गरिएको पुस्तकको बिषयमा चर्चा गर्दै नेपाली साहित्य समाजको खुलेर प्रसंसा गर्नुभएको थियो । कार्यक्रमको शुरुवातमा भानुको तस्बिरमा माल्यर्पण गर्दै रामायणको केही श्लोकहरु पाठ गरिएको थियो । ![](https://i2.wp.com/himalipost.com/wp-content/uploads/2018/07/37194430_10216427996320784_2148618137841434624_n.jpg?zoom=3&resize=640%2C853)
साहित्य प्रेमी एब पत्रकार तिलक कार्कीको स्वागत मन्तब्य रहेको सो कार्यक्रमको सन्चालन सस्थाको महासचिब प्रकाश चन्द्र घिमिरेले गर्नुभएको थियो । सो अवसरमा प्रकाश पाण्डे ,सुशिला पाण्डे ,इन्दिरा त्रिपाठी ,गोकुल पौड्याल ,राम लामा र किरण थुलुङ्ले आफ्नो आफ्नो रचना बाचन गर्नुभएको थियो । कार्यक्रम लसएन्जलस च्याप्टरको अध्यक्ष डन बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।
![](https://i0.wp.com/himalipost.com/wp-content/uploads/2018/07/37127961_10216427727034052_5688081157258739712_n.jpg?zoom=3&resize=640%2C853)
![](https://i2.wp.com/himalipost.com/wp-content/uploads/2018/07/37131124_10216427726594041_6564098217552642048_n.jpg?zoom=3&resize=640%2C480)
![](https://i1.wp.com/himalipost.com/wp-content/uploads/2018/07/37249591_10216427727594066_8431710131414106112_n.jpg?zoom=3&resize=640%2C480)
![](https://i1.wp.com/himalipost.com/wp-content/uploads/2018/07/37283340_10216427726034027_7810929435489599488_n.jpg?zoom=3&resize=640%2C480)
साभार : हिमालीपोष्ट