गोरखा, ३ जेठ ।
गोर्खाको अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा फणीन्द्र धिताल र उपाध्यक्षमा चन्द्रमायाँ गुरुङ बिजयी भएका हुन् ।
धितालले माओवादी उम्मेदवार दीपक देवकोटालाई ३३१ मत अन्तरले पराजित गरे । धितालले ३ हजार ३३ र देवकोटाले २ हजार ७०२ मत ल्याएका छन् ।
गाउँपालिका उपाध्यक्षमा निर्वाचित कांग्रेसकै चन्द्रमायाँ गुरुङले ३ हजार ३३ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अनिता भुजेलको २ हजार ६ सय ४२ मत छ ।