२०८१ वैशाख २१ गते | 3rd of May 2024

अमेरिकामा नेपाली सांगितिक कार्यक्रमबाट ६१ लाख संकलन

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ५ गते २:४३

सान फ्रान्सिस्को – अमेरिकाको सान फ्रान्सिस्को क्षेत्र मा येही जुलाई १४ तारिकमा नेपाली म्युजिक फेस्टिवल २०१८ भब्य रुपमा सम्पन्न भएको छ । हिमालयन फाउन्डेसन कर्प (अमेरिका मा दर्ता भएको नाफाको कमाउने उदेश्य नभएको सामाजिक संस्था) ले आयोजना गरेको उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन एस बाबु प्रोडक्सनका एस बाबु र प्रमिश ढकालको रहेको थियो । करिब सात सय भन्दा बढी नेपालीहरु एकै ठाउमा जम्मा भई मनोरंजन प्रदान गरिएको उक्त कार्यक्रममा नेपालमा बन्ने विभिन्न स्कूल भवन र करांते खेलकुद भवनको लागि करिब ६९ लाख नेपाली संकलन भएको थियो । सो रकम कार्यक्रम को खर्च कटाएर सबै नेपालकै गाउंमा रहेको स्कूल र खेलकुद भवन निर्माणमा जाने फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठले जानकारी दिनु भयो ।

आफ्नो संगीत यात्राको २५औ बार्षिक उत्सब मनाउदै अमेरिकाको यात्रामा रहेको नेपाली ब्याण्ड द एक्स ब्याण्ड संगै राजु लामा र अन्जु पन्तले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै दर्शक नचाएका थिए । कार्यक्रमको शुरुवातमा भने २००६ मा स्थापना पछि हिमालयन फाउन्डेसन कर्पले नेपालमा गरेका काम र वर्तमान योजनाको एउटा वृतचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा फ्लोरिडाबाट आएमा ब्यवसायी गरमेट इन्नोभेसनका प्रेसिडेन्ट मार्क नेमिक प्रमुख अतिथि थिए जसले आफैले मात्रै ११ हजार अमेरिकी डलर सहयोग प्रदान गरेका थिए । 

त्यस्तै के टि एम ग्रुप एल एल सी र सान फ्रान्सिस्को होलसेलकी प्रेसिडेन्ट एबम हिमालयन फाउन्डेसन कि प्रेसिडेन्ट टीण्डू शेर्पाले पनि ११ हजार डलर प्रदान गरेकी थिईन भने बिशिस्ट अथिति रामबाबु पाण्डे ले ५ हजार डलर सहयोग गरेका थिए । कार्यक्रममा अन्य ब्यवसायी एबम समाजसेवीहरुले पनि सहयोग प्रदान गरेका थिए । औपचारिक कार्यक्रमको शुरुवात चर्चित चलचित्रकर्मी नारायण पुरीले गरेका थिए भने कार्यक्रमको संचालन एस बाबु सन्दिपले गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *