२०८१ वैशाख २१ गते | 3rd of May 2024

तनहुंमा बन्ने किरियापुत्री भवनका लागी तनहुं अमेरिका सोसाइटी, अमेरिकाले सहयोग गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ९ गते १८:०६

बाल्टिमोर (अमेरिका)– तनहुं अमेरिका सोसाइटीले दमौलीमा बन्ने किरियापुत्री भवनका लागी आर्थिक सहयोग गर्ने भएको छ ।

महावाणिज्यदुत प्रेमराजा महत तथा नेपाल पत्रकार महासंघ तनहुंका पुर्ब अध्यक्ष, दमौली एक्सप्रेस साप्ताहिकका सम्पादक प्रदिप काफ्लेको सहभागीतामा मंगलवार स्थानीय नेपाल हाउसमा भएको छलफलमा तनहुं अमेरिका समाजले किरिपुत्री भवन निर्माणका लागी सक्दो आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

छलफलका क्रममा तनहुं अमेरिका सोसाइटीका महासचिव कृष्णजिवी पन्तले दमौलीमा बन्ने भवनका लागी सोसाइटीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो भने दमौली एक्सप्रेस साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघ तनहुंका पुर्ब अध्यक्ष काफ्लेले तनहुं जिल्लाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *