२०८१ वैशाख २१ गते | 3rd of May 2024

अमेरिकाको ओक्लाहामामा लुटेराद्दारा गोरखाकी रचनामाथी गोली प्रहार

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ९ गते १८:४९

शिव शर्मा –अमेरिकाको ओक्लोहमा राज्यको एक ग्यास स्टोरमा लुटेराको गोली प्रहारबाट गंभीर घाईते भएकी रचना श्रेष्ठको उपचारमा सहयोग गर्न श्रीमान कपिल श्रेष्ठले सबैसंग आग्रह गरेका छन् । मंगलबार मध्यान्ह ग्यास स्टोरमा काम गरिहेको बखत लुटेराले अन्धधुन्ध गोली वर्षाउदा श्रीमति श्रेष्ठको शरीरका विभिन्न भागमा आठबटा गोली लागेपछि चिन्ताजनक अवस्थामा उपचार भइरहेकोले उनले सहयोग मागेका हुन । ‘सबैको सहयोगले मेरी श्रीमतिको जीवन रक्षा हुन सक्छ उनले अपिल मार्फत भनेका छन्– ‘सबैको साथ र हौसला अहिलेको यो दुखको घडीमा चाहिएको छ ।’ उनले ह्यान्डी मार्ट स्टोरमा काम गदै आएकी थिइन । जुन स्टोर नेपालीले नै संचालन गदै आएका थिए ।
उनको सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको छ । शरीरमा लागेको आठ गोली मध्ये पाच गोली निकालिएको छ । उनको गाला, पिठ्यु, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा गोली लागेको छ । उनिहरुको साढे दुई वर्षको छोरा रहेका छन् । सुन्दर भविष्को सपना सहित उनिहरुको परिवार ११ महिना अघि मात्रै नेपालको गोरखा जिल्लाबाट यहा आएका थिए ।

संधै जसो नियमित काममा रहेकी रचनालाई लुटेराले अन्धधुन्ध गोली प्रहार गरेको थियो । गोली लागेर गंभीर घाईते भएकी उनलाई तुरुन्तै हेलिकप्टर मार्फत अस्पताल पु¥याईएको थियो । ओक्लोहमाको ओटकामा बस्दै आएका उनिहरु सपरिवार बसोबास गदै आएका थिए । उक्त क्षेत्रमा नेपाली समुदायको बसोबास बाक्लो नरहेको स्थानियले बताएका छन् । उनलाई गोली हान्ने १८ वर्षीय जुमिनेज हिललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सहयोगका यस लिन्कमा क्लिक गर्नुहोला :

झन्डै एक महिना अघि पनि भर्जिनिया ग्यास स्टोरमै काम गरेको बखत लुटेराले गोली प्रहार गरि रेसम बजगाईको हत्या गरेका थिए । टेक्समा बस्दै आएका एनआरएन तथा नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष समाजसेवी कृष्ण लामिछानेले श्रेष्ठको उपचार सहयोगका लागी जुटीरहेका छन । ‘सबैले नेपाली चेलीको जीवन रक्षाका लागी सहयोग गरिदिनु होला, उनले भने, हाम्रो सानो सहयोगले उनको जीवन रक्षा हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *