२०८१ वैशाख २१ गते | 3rd of May 2024

पत्रकार केसीको पहलमा मृतकका परिवारलाई पांच लाख सहयोग हस्तान्तरण

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ९ गते २३:५३

टेक्सास – अमेरिका करिब तीन महिना अघि अमेरिकामा निधन भएका २८ बर्षिय मरिचमान बुढामगरको परिवारलाई राहत रकम प्रदान गरिएको छ । लामो समय अस्पतालमा उपचारको प्रयास गर्दा समेत मुटु र मृगौलाको समस्या निको नभएपछि मृत्युवरण गरेका मरिचमानको परिवारलाई राहत स्वरुप ५ लाख २१ हजार १ सय २१ रुपैंया प्रदान गरिएको हो । रुकुम घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालीका ७ गणेशपुर बसोवास गरिरहेका मरिचमानका परिवारलाई एक कार्यक्रमका बिच बुधबार सो रकम प्रदान गरिएको हो । अमेरिकामा रहेका पत्रकार तथा हिमालपाटी अनलाइनका सम्पादक शेर के सी को व्यक्तिगत पहलमा गो फण्ड मी मार्फत संकलन गरिएको सो रकम बराबरको चेक पत्रकार केसीकी आमा शशिली खत्री तथा धर्मपत्नी चाहना बस्नेत संगै पीडित परिवार बसिरहेको गणेशपुरका वडा अध्यक्ष टोपबहादुर केसीले संयुक्त रुपमा हस्तानतरण गरेका थिए । सो अवसरमा बोल्दै वडा अध्यक्ष केसीले बिदेशमा मृत्यु भएका परिवारका लागी सक्दो आर्थिक सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

धन्यवाद ज्ञापन 
दुखको घडिमा पीडित परिवारलाई राहत प्रदान गर्न सहयोग गर्ने सबैप्रति पत्रकार केसीले धन्यवाद ज्ञापन गरेका छन् । मरिचमानको निधन भएको खबर पाएपछि सक्दो राहत संकलन गर्न जुटेका पत्रकार केसीले सहयोग गर्ने गैर आवासीय नेपाली संघ अमेरिका तथा यसका पदाधिकारीहरु, अमेरिकामा रहेका नेपालीहरु, नेपाली एसोसीएसन अफ नर्दन क्यालिफोर्नीया तथा यसका सदस्य प्रेमराज केसी संगै अन्य पदाधिकारी लगायत सबै सहयोगीहरुप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । पत्रकार केसी हालै नेपाल अमेरिका पत्रकार संघको कार्यसमितीमा सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । 

मृतकका मामाद्धारा आभार व्यक्त 
मृतक मरिचमानका मामा अमेरिका बोष्टनमा रहेका चन्द्र बहादुर बुढामगरको दुखको घडिमा सहयोग प्रदान गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । खड्काले सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले सहयोग गर्ने गेमी तकसेरा समाज अमेरिका, लुकुमेली समाज अमेरिका, न्युयोर्क मगर समाज, रुकुमेली समाज, बाल्टिमोर मगर समाज लगायत सबैलाई धन्यवाद दिएका छन् । अमेरिका आएको करिब ७ बर्ष पछि मरिचमानको बाल्मिटमोरमा उपचारको क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *