काठमान्डौं – नेपाल स्रष्टा समाजले योगमाया न्यौपानेको स्मृतिमा स्थापित पुरस्कारबाट दुई स्रष्टालाई पुरस्कृत तथा एक जनालाई सम्मान गरेको छ । नेपाली साहित्य, इतिहास र संस्कृतिको प्रवद्र्धन र विकासमा योगदान पुर्याउने इतिहासविद् ज्ञानमणि नेपाललाई ‘योगमाया अभियन्ता राष्ट्रिय सम्मान– २०७५’ र साहित्यकार नीलम कार्की ‘निहारिका’ लाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान–२०७४’ बाट पुरस्कृत गरिएको हो । ![](https://scontent-lax3-2.xx.fbcdn.net/v/t1.15752-9/37681688_10215919691841653_1938783859873153024_n.jpg?_nc_cat=0&oh=5665171748c5e3c10563364f8fee0d65&oe=5BDE0C4F)
पुरस्कृतमध्ये नेपाललाई रु २० हजार १११ र निहारिकालाई रु २५ हजार १११ नगदसहित प्रशंसापत्र रहेको छ । यस्तै सामाजिक अभियन्ता हिरण्यप्रसाद भण्डारीलाई ‘योगमाया विशेष सम्मान’ प्रदान गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुरस्कार वितरण गर्दै योगमायाले महिला सशक्तीकरणका क्षेत्रमा गरेको योगदानको प्रंशसा गरे ।![](https://scontent-lax3-2.xx.fbcdn.net/v/t1.15752-9/37817178_10215919691641648_1823365620339572736_n.jpg?_nc_cat=0&oh=ac0ad3f9d8c58adb08e7f6936c26ee75&oe=5BD4F59A)
तत्कालीन समाजमा निरंकुशताविरुद्धको संघर्ष गरेर समाज परिवर्तनका लागि उल्लेखनीय भूमिका निर्वाह गरेकाले योगमायालाई राज्यले सम्मान गर्नुपर्नेमा उनले जोड दिए । योगमाया सामाजिक आन्दोलन अभियानका संयोजक जयन्ती राईले अहिले पनि समाजमा जातीय, क्षेत्रीय र सांस्कृतिक विभेद कायमै रहेकाले यसको अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।![](https://scontent-lax3-2.xx.fbcdn.net/v/t1.15752-9/37668056_10215919692881679_7287185077417541632_n.jpg?_nc_cat=0&oh=37e88937b1d7adee1834cec51c38b4c5&oe=5BCA038F)
समाजका अध्यक्ष पवन आलोकले योगमायाको अभियानलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले समाजले स्रष्टाहरुलाई सम्मान गर्दै आएको बताए । पुरस्कृतद्वय नेपाल र निहारिकाले सामाजिक कुप्रथाविरुद्ध महिला सशक्तीकरणमा योगमायाको योगदानको व्याख्या गरेकी थिइन् ।![](https://scontent-lax3-2.xx.fbcdn.net/v/t1.15752-9/37727499_10215919691961656_2245712578011463680_n.jpg?_nc_cat=0&oh=7c55e27319bc9dd9ffdfa645bc93ae69&oe=5BD91596)
न्यौपाने बन्धु सेवा समाजका अध्यक्ष दयाकृष्ण न्यौपानेले योगमायाका विषयमा थप खोज तथा अनुसन्धान गरिनुपर्ने धारणा व्यक्त गरे । विसं १९२५ मा भोजपुरको नेपालेडाँड–सिम्लेमा जन्मिएकी योगमायाले सामाजिक कुरीति र बेथितिका विरुद्ध विद्रोह गरेकी थिइन् ।उनले विसं १९९८ असार २२ गते तत्कालीन निरंकुश राणा शासनका विरुद्ध आफ्ना ६८ अनुयायी शिष्यसहित अरुण नदीमा समाधि लिएकी थिइन् । रासस