अमेरिका – विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई एउटै छातामुनि ल्याउन विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल’’ गठन भएको छ। विभिन्न देशमा रहेका समिति अध्यक्ष र पदाधिकारीहरूको जुलाई २७, शुक्रवार साँझ भएको कन्फरेन्स कल बैठकबाट अन्तर्राष्ट्रिय सञ्जाल गठन गरिएको हो ।
तदर्थ समितीको वक्तब्य :
महामानव वि पि कोइरालाले परिकल्पना गर्नु भएको नेपाली काग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति संसारभरि नै संगठित हुँदै गइरहेको सर्वविदित नै छ । नेपाली काग्रेस संग आवद्द साथीहरू जुनसुकै देशमा रहेतापनि पार्टी प्रतिको माया र ममताका कारण देश र मातृपार्टीलाई केही योगदान गरौँ भन्ने पवित्र उद्देश्यका साथ विभिन्न देशहरूमा नेपाली जनसम्पर्क समितिका नाममा काम गर्दै आएको यहाँहरूलाई अवगत नै छ ।मुलुकमा प्रजातन्त्रमाथि धावा बोलिदा होस् वा प्रजातन्त्र स्थापनाका लागि अन्तराष्ट्रिय रूपमा दवाव सिर्जना गर्न होस् नेपाली जनसम्पर्क समितिहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ। नेपाली काग्रेस पार्टीले पनि जनसम्पर्क समितिको भूमिकालाई उच्च महत्व दिई नेपाली काग्रेसको केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व समेत गराएको छ। शुरूका दिनमा केही देशमा मात्र सिमित रहेको नेपाली जनसम्पर्क समिति आज विश्वका अधिकांश देशहरूमा फैलिइसकेको छ र बाँकी देशहरूमा बिस्तार हुने क्रम जारी छ ।
नेपालको वर्तमान राजनीतिक परिवेशमा पार्टीलाई सांगठनिक रूपमा अझ बढी सहयोग गर्नुपर्ने आवश्यकता महशुस गरी जनसम्पर्क समितिका राष्ट्रिय समितिहरुको बीचमा एक आपसमा तथा राष्ट्रिय समितिहरुको नेपाली काँग्रेस पार्टीसँग समन्वय गर्न, नेपाली जनसम्पर्क समितिका राष्ट्रिय समितिहरूको विधानमा एकरूपता ल्याउन तथा नेपाली काँग्रेसमा आवद्द भई काम गरेका र वर्तमानमा विश्वका विभिन्न मुलुकका विश्व विधालयमा प्राध्यापक वा विभिन्न अनुसन्धान संस्थाहरूमा वैज्ञानिक, विज्ञ भई काम गरिरहेका बौद्धिक व्यक्तिहरूको ज्ञान र सीपलाई मुलुक र पार्टीको बृहत्तर हितमा उपयोग गर्न संसारभरि छरिएर रहेका नेपाली जनसम्पर्क समितिका सभापतिज्यूहरू, महासमिति सदस्यज्यूहरू, महाधिवेशन प्रतिनिधिज्यूहरू एंव पार्टीका अग्रज तथा शुभचिन्तक र शुभेच्छुकहरू बीच लामो वहस र छलफल पश्चात् नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समिति “विश्व संजाल “ गठन गरिएको यहाँहरू सबैमा अवगत गराउँदछौ ।
उक्त नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समिति “विश्व संजाल” ले संसारभरिका नेपाली जनसम्पर्क समिति , नेपाली काँग्रेसका अग्रज , शुभचिन्तक एव शुभेच्छुकहरूसँग समन्वय गरी वृहत सगठन निर्माण गर्नेछ । विश्व संजालको तदर्थ समितिमा संसार भरिका नेपाली जनसम्पर्क समितिका सभापतिज्यूहरू पदेन सदस्यका रूपमा रहनु हुनेछ ।
तदर्थ समिति :-
सभापति :- विष्णु सुवेदी (अमेरिका)
उप सभापति :- चित्र के सी (युएई )
उप सभापति :- कंचन पोखरेल (अष्ट्रेलिया )
उप सभापति :- नवराज शिवाकोटी (साउथ कोरिया )
महामन्त्री :- चिन्तामणि सापकोटा (स्पेन )
सह महामन्त्री :-भुपि गोविन्द श्रेष्ठ( जापान )
सह महामन्त्री :-नविन आचार्य (डेनमार्क )
कोषाध्यक्ष :- सुभाष घिमिरे (अमेरिका)
सदस्यहरू :-
कुल बहादुर गुरूड – (हंगकंग)
विराट श्रेष्ठ – (भारत)
डि पि कँडेल (जापान)
राजेन्द्र जमरकट्टेल- (जापान )
अंबिर जोशी- (मकाऊ)
उत्तम कडेल (नेदरल्याड )
टिका राम सापकोटा -(वेलायत )
पूर्ण तिमिल्सिना – (बेल्जीयम )
दिपक रेग्मी (नेदरल्याड )
कुश वस्नेत (वेलायत )
उषा भुसाल सुवेदी – (ईजरायल )
हेमराज पाण्डे (क्यानडा)
बेदनिधि आचार्य – (ओमान)
नवराज लामिछाने (साउदी अरव)
बिष्णु सापकोटा (पोर्चुगल)
राजेन्द्र बिरही- (कुवेत)
भवानी शंकर तिवारी (मलेशिया )
तारा प्रसाद बंजाड़े- (चीन )
ज्ञानेन्द्र खत्री – (युएइ )
जनसम्पर्क समिति अन्तर्राष्ट्रिय सञ्जालको उपाध्यक्षमा यूएइवाट चित्र केसी, अस्ट्रेलियाबाट कञ्चन पोखरेल र दक्षिण कोरियाबाट नवराज शिवाकोटी रहेका छन् । त्यस्तै महामन्त्रीमा युरोपबाट चिन्तामणी सापकोटा हुनुहुन्छ । सहमहामन्त्रीमा डेनमार्कबाट नवीन आचार्य र जापालबाट भुी गोविन्द श्रेष्ठ रहेका छन्।कोषाध्यक्षमा अमेरिकाबाट सुभाष घिमिरे छन्।
सदस्यहरूमा कुल बहादुर गुरूड हङकङ, विराट श्रेष्ठ भारत, डी पी कँडेल जापान, राजेन्द्र जमरकट्टेल जापान, अंबिर जोशी मकाऊ, उत्तम कडेल नेदरल्याड, टिका राम सापकोटा बेलायत, पूर्ण तिमिल्सिना बेल्जियम, दीपक रेग्मी नेदरल्याड, कुश बस्नेत बेलायत, उषा भुसाल सुवेदी इजरायल, हेमराज पाण्डे क्यानडा, बेदनिधि आचार्य ओमान, नवराज लामिछाने साउदी अरब, विष्णु सापकोटा पोर्चुगल, राजेन्द्र विरही कुवेत, भवानी शंकर तिवारी मलेसिया, तारा प्रसाद बंजाडे चीन, ज्ञानेन्द्र खत्री युएइ छन्। विश्व सञ्जालको तदर्थ समितिमा सबै देशका जनसम्पर्क समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
संसारभरका नेपाली काँग्रेसका कार्यकर्ताहरु थप सङ्गठित भएर नेपाली काँग्रेसलाई सहयोग गर्न आवश्यक महशुस गरि अन्तर्राष्ट्रिय सञ्जाल गठन गरिएको अध्यक्ष विष्णु सुवेदीले बताए। नेपाली जनसम्पर्क समितिका राष्ट्रिय समितिहरूको समन्वय गर्न र विधानमा एकरुपता ल्याउन सञ्जालले तत्काल काम थाल्ने छ। अब समितिहरुको अन्तराष्ट्रिय मञ्चको रुपमा समेत सञ्जालले काम गर्ने सुवेदीले बताए। विभिन्न मुलुकमा रहेका विश्व विद्यालयका प्राध्यापक, विभिन्न अनुसन्धान संस्थाका वैज्ञानिक, विभिन्न क्षेत्रमा विज्ञको रूपमा काम गरिरहेका बौद्धिक व्यक्तिहरू, सफल व्यवसायीहरुको ज्ञान र सीपलाई मुलुक र पार्टीको बृहत्तर हितमा काम गर्न यसले सहयोग पुग्ने उनीहरूको विश्वास छ।