२०८२ वैशाख १५ गते | 28th of April 2025

एक ढिक्का भए अघि बढौं – कांग्रेस सभापति देउवा

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १२ गते १०:५०

चितवन – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण कमजोर बनेको बताएका छन्।

डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनलाई शनिबार गैंँडाकोटमा सम्बोधन गर्दै उनले अब फरक राजनीतिक विचारसँग लड्ने समय आएको भन्दै पार्टीभित्र एक ढिक्का हुन सबैलाई आह्वान गरे। उनले भने, ‘पार्टीभित्र अन्तरघातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निधान नभएसम्म पार्टी एक हुन सक्दैन।’ उनले थपे, ‘यो रोग निदान गर्न म प्रतिबद्ध छु।’

नेपाली काँग्रेसको आन्दोलन गर्ने रहर नभएको भन्दै उनले भने, ‘हाम्रो आन्दोलन गर्ने रहर होइन, सरकारले जबरर्जस्ती आन्दोलन गर्न बाध्य बनायो।’ सरकारले अप्रजातान्त्रिक कार्य गरेका कारण आन्दोलन गर्नु परेको दाबी गर्दै उहाँले सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह गरे।

डा गोविन्द केसीको माग सम्बोधन हुनु सकारात्मक भएको भन्दै उनले सहमतिमा पनि चलखेल हुनसक्ने भन्दै खबरदारी आवश्यक रहेको बताए।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको एकता आवश्यक रहेको भन्दै न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए। कम्युनिष्ट कमजोर होला र हामी बलियो हौंला भनेर सोच्न नहुने भन्दै उनले काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *