२०८१ वैशाख २२ गते | 4th of May 2024

‘बाल्टिमोर महापुराण-२०१८’ आजदेखी शुरु

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १२ गते १६:४३

बाल्टिमोर – बाल्टिमोरमा नेपाली मन्दिर सहयोगार्थ आज जुलाई २८ देखि श्रीमद्देवीभागवत महापुराणको आयोजना हुन गैरहेको छ । वैदिक सनातन धर्म संस्कृति, परम्परा कायम गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महापुराणमा बाल्टिमोर आसपासमा रहनुहुने आदरणिय बासी आमा बुवा दाजुभाई तथा दिदिबैनीहरु सबैमा उपस्थिती र सहयोगको लागि बिनम्र अनुरोध गरिएको ।

बाल्टिमोरमा हामि नेपालीहरुकै पहलमा बन्न लागेको मन्दिरको सहयोगार्थ संचालन हुने महापुराणमा सहभागिता भै शोभा बढाउनुका साथै सक्दो सहयोग पनी गर्न सक्नुहुने छ, महायज्ञको लागि सम्पुर्ण तयारी भैसकेको आयोजक पक्षले जनाएको छ । त्यसैले हामी र हाम्रा सन्ततिको लागि यो महायज्ञ एउटा सफल र एतिहासिक बनाउन सबैले आ-आफ्नो तर्फबाट सक्दो उपस्थिती र सहयोग गरौ र सबैमा बिनम्र अनुरोध पनि गरौ !

महापुराणमा वाचनप्रविण पण्डित दिनबन्धुपोखरेलले कथावाचन गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *