२०८१ जेठ ५ गते | 18th of May 2024

डा. केसीले अनशन नबसी बन्दुक उठाउनु पर्थ्यो कमरेड ? : प्रवक्ता शर्मा

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १३ गते ११:११

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डा. गोविन्द केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड भन्ने प्रश्न गरेका छन् ।

सोमबार नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसमा प्रचण्डले नेपाली कांग्रेसलाई लासको राजनीति गर्न खोजेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रचण्डलाई जवाफ दिएका हुन् ।

प्रचण्डलाई उनले आफ्नो व्यक्तित्व र पृष्ठभूमि हेर्न आग्रह गर्दै ट्विटमा लेखेका छन्, ` डा केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड ? कांग्रेस माथिको प्रश्नमा केवल यति भनौं … माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ? लासको राजनीति´ आरोप लगाउनु अघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभुमि हेक्का राख्नुपर्थ्यो कि कमरेड !! ‘

पुष्पलाल स्मृति दिवसमा प्रचण्डले कांग्रेसले लासको राजनीति गर्न खोजेको आरोप लगाउदै अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर समातेर हिडेको बताएका थिए ।

उनले ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न बहानाबाजी र कुतर्क गरिएकाले’ अब कांग्रेसको अस्तित्व समाप्तिको दिशामा पुगेको टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *