२०८१ जेठ ५ गते | 18th of May 2024

बलात्कारीलाई मृत्युदण्ड दिने कानुन चाहियो : कांग्रेस

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १३ गते ११:२७

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् ।

कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले भनिन्, ‘७७ वर्षीया वृद्धादेखि साढे दुई वर्षीया बालिकासम्म श्रृंखलावद्ध बलात्कृत भइरहेका छन् । यसै सिलसिलामा निर्मला पन्तको बलात्कार भएको छ । कानुन संशोधन गरेर मृत्युदण्डकोसम्म कारवाही गर्नुपर्छ बलात्कारीलाई ।’

कञ्चनपुरकाे घटनामा सांसदले मागे गृहमन्त्रीको जवाफ :
सांसद संगिता गिरीले पन्तको हत्याबारे गृहमन्त्रीसँग जवाफ मागिन् । केहि व्यक्ति पक्राउ गरिएको भएपनि सार्वजनिक नगरिएकोमा उनको असन्तुष्टी छ । ‘बालिकाले लगाएको सुरुवाल पखालेर प्रमाण मेटाउने काम भएको छ । यसबारे गृहमन्त्रीसँग माग गर्दछु,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *