२०८१ जेठ ६ गते | 19th of May 2024

ज्योतिषसंगसंगै नायक पनि : भर्सटायल हरिहर अधिकारी

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १३ गते ११:३५

काठमान्डौं – ज्योतिष पेशाबाट प्रसिद्धी हासिल गरिसकेका ज्योतिषी हरिहर अधिकारी अब ‘शुभलभ’ फिल्मबाट डेब्यू गर्ने भएका छन् । प्रदिपकुमार उदयको प्रस्तुतीमा बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा तयार हुने फिल्ममा २०१७ की मिस टिन कृष्टिन पौडेलसँग हरिहर पर्दामा देखिने छन् ।

हरिहर स्वयमले लेखेको कथामा बन्न लागेको फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गर्नेछन् । पटकथा भने अभिमन्यू निरबीले तयार पारेका छन् । भदौ १५ देखि छायांकन हुने फिल्म काठमाडौंसहित पोखरा, इलाम, अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा खिचिने छ भने एक गीत भने दुबई र थाइल्याण्डमा खिचिने भएको छ ।

फिल्मको मुहुर्त साइतहरु ज्योतिषी डा.सुनील सिटौलाले साइत जुराइदिएका हुन् । कृष्टिन पौडेलसँगै साथमा डा.सूर्या थापा र कार्यकारी निर्माता प्रदिपकुमार उदय पनि अथितिको भूमिकामा रहनेछन् । रामेश्वर थापाको छायांकन रहने फिल्मको संगीत अर्जुन पोखरेलले गर्नेछन भने अन्जु पन्त र सुगम पोखरेलका दुई रहने छ ।

फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रवीद्र झा, प्रदीप बाँस्तोलालगायतका कलाकारको पनि अभिनय रहने छ । धर्मराज सुवेदीको निर्माणमा बन्न लागेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी र रोशन भट्टराईको द्वन्द्व निर्देशन रहने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *