२०८१ जेठ ६ गते | 19th of May 2024

नायिका प्रियंका कार्कीको नाम अब ‘आयंका’

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १३ गते ११:४९

काठमाडौं – अभिनेत्री प्रियंका कार्कीको भर्खर सार्वजनिक गीतको भिडियोमा देखिएको ‘भल्गर’ सिनका कारण इन्गेजमेन्ट गरिसकेका प्रेमी आयुष्मान देशराज भड्किएको अनुमान भइरहेका बेला प्रियंकाले एक अनौठो तस्विर सार्वजनिक सञ्जालमा पोष्ट गरेकी छन् ।

प्रेमी आयुष्मानसँग इन्गेजमेन्ट गरेपछि अमेरिका हानिएकी अभिनेत्री प्रियंकाले आफ्नो गर्धनमा आफू र प्रेमी आयुष्मानको नाम मिलाएर आफ्नो नाम प्रियंकाबाट ‘आयंका’ को ट्याटु खोपाएकी छन् । उनको यो पोष्टसँगै फिल्मी क्षेत्रमा प्रियंकाबारे फेरि अर्को चर्चा चुलिएको छ ।
गीतमा प्रियंकाले अभिनेता प्रमोद अग्रहरीसँग भल्गर बेड सिन नेपाली समाजमा सहजै नपच्ने खालको रहेको र यसले आयुष्मान–प्रियंकाको सम्बन्धमा समेत असर पर्नसक्ने भन्दै आलोचना भइरहेका बेला प्रियंकाले पोष्ट गरेको तस्विरले आफूहरुको सम्बन्ध प्रगाढ रहेको छ भन्ने देखाउन खोजिएको अनुमान चल्न थालेको छ ।

प्रियंकाको यो सरप्राइज ट्याटु प्रियंकाको शरीरमा खोपिएको चौथो ट्याटु हो । उनले ट्याटु शो गरेको एक तस्बिर शेयर गर्दै सधैंभरीको माया भनेर क्याप्सन लेखेकी छिन् । यसअघि प्रियंकाले दाहिने खुट्टामा एउटा ट्याटु खोपाएकी थिइन् । त्यस्तै उनको ढाडमा एउटा ट्याटु छ भने दाहिने स्तनको तलपट्टि पनि प्रियंकाले ट्याटु खोपाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *