२०८१ माघ २४ गते | 6th of February 2025

जापानमा भानु जयन्तीमा लिभिंग टुगेदर को विमोचन र हजार हाइकुको अन्तरकृया

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १३ गते २२:२१

टोकियो- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) जापान च्याप्टरको आयोजनामा भानुभक्त आचार्यको २०५ औ जन्म जयन्तिको अबसर पारी संस्थाको ४६ औं नियमित साहित्यिक शृन्खला सम्पन्न गरेको छ ।

कार्यक्रममा गोबिन्द गिरी प्रेरणाको उपन्यास लिभिङ टुगेदरको विमोचन गरिएको थियो भने रामकुमार पाण्डे र प्रकाश पौडेल माइलाको हजार हाइकु माथि अन्तरकृया गरिएको थियो ।अनेसास जापान च्याप्टरका सस्थापक अधक्ष्य डा कुमार बस्नेतको प्रमुख अतिथि,नेपाली भाषाविज्ञ हरुहितो नोजु ,साहित्यकार गोबिन्द गिरी प्रेरणा,तथा साहित्यकार प्रकाश पौडेल माइला को अथित्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष दिप पाठकले गर्नु भएको थियो ।

त्यस्तै अन्य अतिथिहरुमा पूर्व अध्यक्ष बेलुकाजी थापा,आलोक चालिसे सल्लाह्कार पुस्कर जङ थापा,गायक राम्कृष्ण बम मल्ल ,समुन्द्र राज पौडेल लगाएत सन्तोश बाबु चोखाल ,सुजन जोशि,पदम थगुन्ना,राम जङ कार्की ,बाबुराम पौडेल लगाएतका ब्यक्तीहरु हुनुन्थ्यो ।

  1. संगीता कुवरको स्वागत मन्तब्य रहेको कार्यक्रम मा कार्यक्रमको शुरूवात नेपाली रास्टिय गानबाट गरिएको थियो । सो अवसरमा भानुभक्त आचार्यको तस्बिर मा फुल अर्पण गरी श्रदा र सम्मन प्रकट गरिएको थियो भने भानुभक्त आचार्य को बारेमा आलोक चालिसे ले बोल्नु भएको थियो ।

सम्पूर्ण अतिथी गड बाट समुहिक रुपमा गोबिन्द गिरी प्रेरणाको उपन्यास -लिभिङ टुगेदर बिमोचन गरिएको थियो । बिमोचनपस्चात लिभिङ टुगेदरका कृतिकार गोबिन्द गिरी प्रेरणाले आफ्नो कृति जापानमा विमोचित हुँदा खुशी लागेको वताउँदै सो कृति लेखनका विषयमा प्रकाश पार्नु भएको थियो ।

त्यसै गरी नेपाली बारीस्ट हाइकुकार रामकुमार पाडे र जापानमा बसेर हाइकु को अध्ययनमा लागिरहनु भएका हाइकुकार प्रकास पौडेल माइला को सम्युक्त हाइकु सङ्रह -हजार हाइकु माथी अन्तर्कृया कार्यक्रम गरिएको थियो । अन्तर्कृया कार्यक्रममा हजार हाइकु माथी बेलुकाजी थापा,जापानी साहित्य र हाइकु बारे हारुहितो नोजु ले बोल्नु भएको थियो साथ मा कृतिकार प्रकाश पौडेल माइला हजार हाइकु माथि बोल्दै जिज्ञासा र प्रश्नहरु को जबफ दिनु भएको थियो ।

कार्यक्रम मा गोबिन्द गिरी प्रेरणा,र प्रकाश पौडेल माइला लाई अनेसास जापान सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रम मा रचना बाचन गर्नेहरूमा धुर्ब बन्जाडे ,शेखर बिकल्प्,आनन्द अधिकारि,गिरिजा गैरे ,हेमन्त गिरी ,अरुण पौडेल,दिप पाठक ,सरिता ढकाल ,आलोक चालिसे,पार्थ सुबेदी, बाबुराम पौडेल,हुनुन्थ्यो भने कार्यक्रम सस्थाका महासचिब अरुण पौडेल ले सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *