पोखरा, ४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली काँग्रेस बिजयी भएको छ । काँग्रेस उम्मेदवार जगत बहादुर पहारीले एमाले उम्मेदवार हेम कुमार श्रेष्ठलाई १ सय ९५ मतको फराकिलो अन्तरले पराजीत गरे । पहारीको १ हजार ४ सय ६४ मत आउँदा श्रेष्ठले १ हजार २ सय ६९ मत ल्याए । बाँकी सदस्यहरु पूरै एमालेले जितेको छ । खुला सदस्यमा बिष्णु बहादुर भट्टराई, हरीकृष्ण पहारी, महिला सदस्यमा पुष्पा पहारी र दलित महिला सदस्यमा राममाया विक निर्वाचित भईन् ।
६ नम्बर वडाबाट महानगर प्रमुखमा काँग्रेसका उम्मेदवार रामजी कुवँरले १ हजार ६ सय ७६ मत पाएका छन् । एमाले उम्मेदवार मान बहादुर जिसीले १ हजार २ सय ५३ मत ल्याए । उपप्रमुखमा काँग्रेसकी सरस्वती गुरुङले १ हजार १ सय १८ र एमालेकी मञ्जु गुरुङले १ हजार ३ सय ४९ मत ल्याईन् । उपप्रमुखमा माओबादी उम्मेदवार गोमा ढकालले ३ सय ६० मत ल्याएकी छिन् ।
वडा नम्बर ६ को अन्तिम नतीजा
नेपाली कांग्रेस |
नेकपा एमाले |
रामजी कुवँर |
सरस्वती गुरुङ |
मान ब जिसी |
मञ्जु गुरुङ |
१६७६ |
१११८ |
१२५३ |
१३४९ |
१४६४ (वडाध्यक्ष) |
१२६९ (वडाध्यक्ष) |