अमेरिका (बाल्टिमोर)- अमेरिकाको बाल्टिमोरमा मन्दिर निर्माणका लागी आर्थिक संकलन गर्न आयोजना गरिएको महायज्ञ बाल्टिमोर महापुराण २०१८ को दोश्रो दिन आइतवार सम्म करिब दुई लाख डलरको हाराहारीमा रकम संकलन भएको आयोजकले जनाएको छ ।
शनिवार देखी शुरु महायज्ञको पहिलो दिन बाल्टिमोर निवासी समाजसेवी डा. श्याम कार्कीले १ लाख डलर दान गर्नु भएको छ । वाचन प्रविन दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ अगस्ट ३ मा समापन हुनेछ ।

हिन्दु बुद्ध मन्दिर निर्माणका लागी शुरु गरिएको महायज्ञको दोश्रो दिन आइतवार सम्म आइपुग्दा गोपाल बि.क. ले दश हजार १ डलर, हुमा कुमारी छन्त्यालले एक हजार ५ सय डलर, कृष्ण तथा अन्जु केसीले २५ हजार डलर दान गर्नुभएको बताइएको छ । यसैगरी गणेश लामिछानेले ५ हजार ५ डलर, दिपा शर्माले ५ हजार ५ डलर, इश्वर अधिकारीले १० हजार डलर, किरण सिटौलाले १ हजार डलर तथा शेर बहादुर भण्डारीले एक हजार १ सय १ डलर दान गर्नुभएको महायज्ञ आयोजक समितीले जनाएको छ ।

आयोजकका अनुसार रबिलाल स ुनारले दश हजार २९ डलर, दिनेश अधिकारीले ५ हजार ५ सय ५५ डलर, रमेश भट्टले ५ हजार डलर र श्रीकृष्ण रेग्मीले ११ हजार १ सय ११ डलर दान गर्नुभएको छ ।
महायज्ञको दोश्रो दिन सम्म उत्साहजनक सहभागीता रहेको र महायज्ञलाई सफल बनाउन आयोजकले सबैमा अनुरोध गरेको छ ।








