काठमाण्डौ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले नेपालको संविधान बहुलवादमा आधारित भएकाले त्यसको मर्म विपरित जाने छुट कसैलाई नभएको बताए । काँग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा उनले संविधानले ग्यारेन्टी गरेको जनताको मौलिक अधिकारलाई कुण्ठित पार्ने काम सरकारबाट हुनु हुदैन् ।
कम्युनिस्ट सरकार एकादेशको कथा हुने टिप्पणी गरेका छन् । जनताका हितभन्दा कानुनी मिचाइ र जनताका सपनामा खेलवाड गरेकोले भन्दै नेता बडुले त्यसको परिणाम स्वरूप नेपालको कम्युनिस्ट सरकार एकादेशको कथा बन्ने जिकिर गरे । सरकारविरुद्ध काभ्रेमा आयोजित सभालाई सम्बोधन गर्दै उनले ०७४/०७५ मा दुई तिहाइ बहुमत ल्याएर सरकार चलाएको कम्युनिस्ट एउटा इतिहासमै सिमित हुने टिप्पणी गरेका हुन् । ‘सरकार यसरी नै काम गर्दै गएमा नेपालबाट कम्युनिस्ट सकिन्ने छ ।’ उनले भने ।
काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इंले सरकारको गलत क्रियाकलापका विरुद्ध काँग्रेस दृढ भएर उभिने बताउनुभयो ।