२०८१ वैशाख २३ गते | 5th of May 2024

आठ गोली लागेर गम्भिर घाइते रचना श्रेष्ठको स्वास्थ्यमा सुधार

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १६ गते ४:३१

अमेरिका – ओक्लोहोमाको एटोका स्थित बुडिज हेण्डी मार्ट ग्यांस स्टेशनमा काम गरिरहेको बेला कालो बर्णका लुटेराले अन्धाधुन्ध गोली चलाउंदा ८ गोली लागेर गम्भिर अवस्थामा अस्पताल लगिएकी २५ बर्षियाा रचनाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका श्रीमान कपिल श्रेष्ठले बताएका छन् ।

स्थानीय सेन्ट फ्रान्सीस अस्पतालमा उपचार गराइरहेकी रचना अहिले सामान्य हिडडुल गर्न सक्ने भएको उनका श्रीमान कपिलले जनाएका छन् । रचनाका श्रीमान कपिलले सामाजिक संजाल मार्फत एक सन्देश लेख्दै दुखको घडिमा सहयोग र सदभाव प्रकट गर्नेहरुप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन् यो दुखद परिस्थीतमा सहयोग गर्ने राजदुत डा. अर्जुन कार्की, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल, प्रबक्ता बिनोद तिवारी, बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने, छोराको रेखदेख गरिदिने आत्माराम र उहांकी श्रीमनी लक्ष्मी गौतम, उद्यमी माधव सिलवाल लगायत सबै नेपाली संगै गो फण्ड मार्फत एकाउण्ट खोलेर सहयोग गर्ने सबिना अधिकारी र शिवराज सिलवाललाई धन्यवाद दिन चाहान्छु ।

गत बर्ष मात्रै नेपालको गोरखाबाट अमेरिका आएका कपिल र रचनाका साढे २ बर्षका एक छोरा छन् । सफाई गर्ने क्रममा पछाडीबाट आएको सो व्यक्तिले अन्धाधुन्ध गोली चलाएको थियो । गोली चलाउने १८ बर्षिय जुमिनेज हिललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

गम्भिर घाइते रचनाको उपचारमा सहयोग गर्न गो फण्ड मार्फत एकाउण्ट खोलिएको छ । जसमा ७२ हजार डरल भन्दा बढि रकम संकलन भएको छ । सो क्षेत्रमा बिगतमा यस्ता प्रकारको कुनै घटना नभएकोले ती गोली हान्ने व्यक्तिले गोली चलाउनुको कारण लुटपाट थियो या अन्य कुनै स्पष्ट नभएको बताइएको छ । रचनाको गाला, पिठ्यु, पाखुरा, कम्मर तथा पेट र मुटुको तल्लो भागमा गोली लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *