२०८१ जेठ ६ गते | 19th of May 2024

प्रियंकाको ३६औं जन्मोत्सवमा ११ वर्ष कान्छासँग गाँठो

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १६ गते १३:५३

एजेन्सी – बलिउड एवं हलिउड अभिनेत्री प्रियंका चोपडाले इन्गेजमेन्ट गरेकी छिन् । उनले आफ्नो ३६ औं जन्मोत्सवको अवसरमा जुलाई १८ तारिखमा इंगल्याण्डको लण्डनमा इन्गेजमेन्ट गरेकी हुन् । उनको लामो समयदेखि अमेरिकी गायक निक जोनससंग चक्कर थियो। भारतीय संचारमाध्यमहरुले प्रियंकाभन्दा ११ वर्ष कान्छा निकसंग इन्गेजमेन्ट भए पनि त्यसको सार्वजनिक आधिकारिक रुपमा नगरिएको बताएका छन् ।

पारिवारिक स्रोतका अनुसार प्रियंकाको जन्मदिनमा परिवारका सबै सदस्य सहभागी थिए । सोही अवसरमा इन्गेजमेन्ट भएको हो । यसअघि परिवार निकको घर अमेरिका गएको थियो । प्रियंकाले अब ‘भारत’ का फिल्ममा समेत काम नगर्ने भएकी छिन् । सलमान खानको बहुप्रतिक्षित फिल्ममा प्रियंकाले काम नगर्ने निर्देशक अलि अब्बास जफरेलले शुक्रबार ट्वीटरमार्फत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *