२०८१ जेठ ४ गते | 17th of May 2024

जनताका समस्या तत्काल हल गर्न मेयर शाक्यलाई प्रधानमन्त्रीको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १६ गते १९:४०

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा जनताले भोग्दै आएको समस्या हल गर्न निर्देशन दिएका छन् ।

आज विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा निम्त्याइएका मेयर शाक्यलाई प्रम ओलीले काममा प्रभावकारिता नदेखिएको, जनताले दिनहुँ धुलो र धुवाको सास्ती भोग्न बाध्य भएको र मेयर शाक्यको कार्यशैलीमा चुस्तदुरुस्त देखिन नसकेको सम्बन्धमा आवश्यक निर्देशन दिँदै तत्काल जनताले अनुभूति गर्ने काम गर्न निर्देशन दिएका हुन् ।

प्रम ओलीले मेयर शाक्यलाई विशेषज्ञ टोली बनाएर दीर्घकालिन योजनाका साथ अघि बढ्न निर्देशन समेत दिएका छन् । प्रम ओलीले महानगरको काम प्रभावकारी हुन नसक्दा सिंगो सरकार र पार्टीलाई पनि असर पर्ने भन्दै ओलीले शाक्यलाई देखिने गरी काम गर्न निर्देशन दिएको बालुवाटार सूत्रले जनाएको छ ।

प्रम ओलीले एक वर्षमा काठमाडौं महानगरपालिकाले गरेको कामको विवरण मागेका थिए । शाक्यले विवरण दिनुको साटो आफैले नगरेका काम मात्रै मिडियाले प्रचार गरको भन्दै मिडियाविरुद्ध प्रधानमन्त्रीलाई प्रष्टिकरण दिने प्रयास गरेको जनाइएको छ ।

राजधानी काठमाडौंको सडकको धुवा र धुलो नियन्त्रण, फोहोर व्यवस्थापन, सवारी जाम इत्यादीमा परिणाम देखिन नसकेको भन्दै प्रधानमन्त्री ओलीले शाक्यलाई आवश्यक निर्देशन दिएको बताइएको छ ।

रानीपोखरी, धरहरालगायतका सांस्कृतिक सम्पदाहरुको पुननिर्माण गर्नुको साटो सेटिङका काममा मात्रै मेयर शाक्यले ध्या दिने गरेका छन् । दृष्य प्रदुषण हटाउन तीन, दश फिट साईजभन्दा ठूलो बोर्ड राख्न नपाउने, होर्डिङबोर्ड राख्न नपाउने नियमलाई मेयर शाक्यले उल्टाई दिएका छन् भने सार्वजनिक शौचालय भनेर अनुमति दिई होटल व्यवसाय हुँदा समेत नियन्त्रण गर्न असफल भएका भएका छन् ।

प्रम ओलीले विज्ञ टोली बनाएर अघि बढ्न आवश्यक निर्देशन दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *