२०८१ वैशाख १६ गते | 28th of April 2024

सुनील साह एनआरएन अमेरिकाका कार्यवाहक अध्यक्ष

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १६ गते १९:५४

अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको कार्यबाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष सुनिल साहले पाउनुभएको छ ।

अध्यक्ष डा. केशब पौडेल एनआरएनए युरोप क्षेत्रिय सम्मेलनमा भाग लिन युरोप गइसक्नुभएको तथा युरोप भ्रमन पछि निजि कामकाजका लागी नेपाल जानुहुने भएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष साहले पाउनुभएको हो ।

एनआरएनए अमेरिकाका महासचिव बिआर लामाले एक बिज्ञप्ती जारी गर्दै आफु अमेरिका नआउंदा सम्मका लागी अध्यक्ष डा. पौडेलले संस्थागत कामकाज संचालनार्थ बरिष्ठ उपाध्यक्ष साह लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी दिनुभएको छ ।

बरिष्ठ उपाध्यक्ष साहले अध्यक्ष डा. पौडेलले आफु अमेरिका नआउंदा सम्म कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पेको बताउनुभयो । अध्यक्ष डा. पौडेल अगष्ट अन्तिम साता अमेरिका फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *