२०८१ वैशाख २० गते | 2nd of May 2024

ठोस रणनीति तथा योजना सहित कार्य सम्पादन गर्न गभर्नर भेटवालको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १७ गते ११:१४

काठमान्डौं – लायन्य क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानका डिस्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटवालले ठोस रणनीति तथा योजना सहित कार्य सम्पादन गरेमा क्लबहरु सफल हुने बताउनु भएको छ । राजधानीमा डिस्ट्रिक्ट गभर्नर फस्र्ट एडभाइजरी कमिटी मिटिङलाई सम्बोधन गर्दे गभर्नर भेटवालले ठोस रणनीति तथा योजना सहित कार्य सम्पादन गर्न क्लबहरुलाई निर्देशन पनि दिनुभयो । लायन्स क्लबमा सदस्यहरु थप्नु भन्दा पनि भएका सदस्यहरुलाई टिकाई राख्नु आजको मुख्य चुनौति भएको गभर्नर भेटवालको भनाइ थियो ।

कार्यक्रममा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर टंकबहादुर श्रेष्ठ, पूर्व गभर्नर कुमारराज सुवेदी लगायतका वक्ताहरुले क्लबहरुलाई गतिशील रहिरहन आवश्यक निर्देशन दिनुभयो । जोन चेयरपर्सन दीपक चापागाईको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं जोरपाटी लगायतका क्लबका प्रतिनिधिहरुले यस वर्ष गरिने कार्यक्रमहरुका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा संचार माध्यमहरु मार्फत् लायन्स क्लबका गतिविधिहरु उजागर गर्ने संचारकर्मीहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *