२०८१ वैशाख २० गते | 2nd of May 2024

साउदी दुतावासको पहलमा ६ बर्षदेखी जेलमा रहेका प्रेम राई स्वदेश फिर्ता

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १७ गते १८:२४

ईम मगर ‘उजाड’/ रियाद – बिगत छ बर्ष देखि साउदी अरेबियामा जेल जीवन बिताउन बाध्य ईलाम दानाबारी-३ का प्रेमबहादुर राई यहि अगस्ट ६ तारिखमा स्वदेश फर्कने भएका छ्न । साउदी अरबका कार्यबाहक राजदुत आनन्दप्रसाद शर्माले किरात राई यायोख्या साउदी अरबका अध्यक्षलाई जानकारी गराएनुसार स्वदेश फर्कन प्रेम राईको हवाई टिकट दुतावासले उपलब्ध गराउने छ ।

प्रेम रोजगारीको शिलशिलामा साउदी अरबको एक अल सलाबी ईन्टरनेशनल कम्पनीमा चालकको काम गर्दथे । सामान ढुवानी गर्ने क्रममा बिच बाटोमा गाडी रोकेर साथीकोमा बस्दा राती उक्त गाडीमा रहेको तीन लाख दस हजार साउदी रियाल (नेपाली झन्डै नब्बे लाख)बराबरको सामान चोरी भएको थियो। गाडी भेटिए पनि सामान भेटिएन । त्यही सामान चोरीको आरोपमा प्रेमबहादुर राई जेल चलान भए । उक्त रकम भुक्तानी नगरे सम्म आजीबन जेल सजाय भोग्नु पर्ने फैसला साउदी अदालतले गरेको थियो ।

देश बिदेशका बिभिन्न संघ-संस्था, पत्रकार तथा मनकारीहरुको विभिन्न तह र तप्काको एकजूट सहयोगले आरोपी रकम जम्मा गर्न सफल भई देश फर्कने भएका छ्न, प्रेम बहादुर राई । प्रवासमा सामुदायिक एकताको बलको फलस्वरुप नेपालीको आपतमा नेपालीकै सहयोगले प्रेमले नया जीवन पाएका छ्न । बांकी जीवन उनको परिवारसंग हांसी-खुशी बितोस, खुल्लामन्चको शुभकामना र प्रेम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *