२०८१ वैशाख २० गते | 2nd of May 2024

प्रतिनिधि सभा र राष्ट्रियसभा मातहतका समितिहरु पूर्ण

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १७ गते १८:३७

काठमान्डौं – आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराद्वारा प्रस्तुत विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको हो ।

सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १ सय ७२ बमोजिम समितिमा रहने सांसदहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नुभएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिमा रहने सांसदको नाम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्यव्यवस्था समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति रहेका छन् । जसमध्ये राज्य व्यवस्था तथा सुशासन समितिमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल रहनेछन् ।

नेता झलनाथ खनाल तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा भने विकास तथा प्रविधि समितिको सदस्यमा मनोनित भएका छन् । यस्तै, राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४९ अनुसार राष्ट्रियसभाको विषयगत समितिमा रहने सदस्यहरुको नाम विहीबार पारित गरेको छ ।

नेपाली काँग्रेसले संसदीय समितिमा रहने सांसदको नाम सिफारिस गरेपछि राष्ट्रियसभाको समिति गठन भएको हो । दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्योजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिका लागि सदस्यहरुको नाम अनुमोदन समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *