२०८१ साउन १२ गते | 27th of July 2024

हरेक फिल्ममा ‘हिरो चेन्ज’ : कथाको माग कि साम्राज्ञीको ?

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १७ गते १९:४७

काठमान्डौं – ‘ड्रिम्स’ बाट अभिनय यात्राको आरम्भ गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी ‘डिमान्डेड’ अभिनेत्री हुन् । उनलाई लिएर फिल्म बनाउन चाहने निर्माता/निर्देशकको लाइन लामै छ । साम्राज्ञीलाई लिएपछि हलमा दर्शक तान्न गाह्रो नहुने सोच उनीहरुमा छ ।

अभिनयको हिसाबले उनका तीन फिल्म रिलिज भइसकेका छन् । ‘ड्रिम्स’ पछि ‘ए मेरो हजुर २’ ले बक्सअफिसमा सफलताको झन्डा गाडेको थियो । तर, तेस्रो फिल्म ‘तिमीसँग’ ले अपेक्षाकृत व्यापार गरेन । तेस्रो प्रोजेक्ट उनको गलत छनोट रहेको धेरैको तर्क छ ।

अब उनको चौँथो फिल्मको प्रतिक्षा जो कोहिंलाई छ, जुन यही शुक्रवारबाट देशैभरका हलमा लाग्दैछ । फिल्म हो ‘कायरा’ । यस फिल्मको टाइटल क्यारेक्टरमा उनी स्वयं छिन् । चलकेटी ब्वाई आर्यन सिग्देलसँग उनको जोडी बाँधिएको छ ।

लभस्टोरी फिल्ममा सर्वाधिक रुचाइएका दुई ‘पपुलर फेस’ पहिलो पटक पर्दामा सँगै देखिन लागेका कारण पनि यो फिल्मको प्रतिक्षा दर्शकमा व्यग्र छ । उता गीतसंगीत र ट्रेलरले फिल्मको हाइप चुलाउन छाडेको छैन । अब फिल्मले हलमा दर्शक कस्तो तान्ला ? सबैको चासो त्यसतर्फ छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बारे एउटा रोचक कुरा निकै कमले ‘नोटिस’ गरेका छन् । उनका हरेक फिल्ममा हिरो दोहोरिएका छन् । उनले ‘कायरा’ सम्म आइपुग्दा कुनै पनि नायकसँग दोहोर्‍याएर काम गरेकी छैनन् ।

‘ड्रिम्स’ मा अनमोल केसी हुँदै उनले ‘ए मेरो हजुर २’ मा सलिनमान बनियाँ, ‘तिमीसँग’ मा आकाश श्रेष्ठ, ‘इन्टु मिन्टु लण्डन’ मा धिरज मगर र ‘कायरा’ मा आर्यन सिग्देलसँग काम गरिन् ।

किन हरेक फिल्ममा हिरो चेन्ज ? कथाको माग हो वा साम्राज्ञी स्वयंको ? उनले यो मामलामा निर्माण टिमलाई आफ्नो कुनै दबाब नहुने गरेको बताएकी छन् । उनी आफू सधैं निर्देशकलाई क्रियटिभ वर्कमा मात्र प्रेसर दिने गरेको बताउँछिन् ।

‘म निर्देशकहरुलाई क्रियटिभ वर्कमा चाहिं प्रेसर दिन्छु । म अहिलेको जेनेरेसनको हुँ । मेरो जेनेसनकाले के मनपराउँछन् भन्ने कुरामा चाहिं दबाब दिने गर्छु । हिरो परिवर्तनको कुरामा म हाबी हुन्नँ’, उनले भनिन् ।

पर्दामा उनको जोडी अभिनेता अनमोल केसीसँग सबैभन्दा फिट मानिन्छ । दर्शक पुनः यो कपललाई एकसाथ स्क्रिनमा हेर्न प्रतिक्षारत छन् । अब त्यो साइत कहिले जुर्ने हो, हेर्न बाँकी छ, फिल्मीखबरमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *