२०८२ वैशाख १४ गते | 27th of April 2025

जापानमा कामदार अभाव भएको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १८ गते १६:४६

टोकियो – जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ। सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ।

जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी स्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन्। कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको छ।

“हामीले जनशक्तिको विकासका लागि लगानी गर्ने र चौथो औद्योगिक क्रान्तिका विषेशताहरूलाई लागु गर्ने विषय आफैमा गम्भीर अवस्थामा पुगेको छ,” स्वेतपत्रमा भनिएको छ। पछिल्ला केही दशकदेखि जनसंख्या घट्नेक्रम चलिरहेकाले त्यो समस्याबाट जापान प्रभावित भएको छ। गत सन् २०१६ मा हरेक एक हजारमा बार्षिक ७.६ प्रतिशतका दरले जन्मदर घटेको छ । यो दर सन् १८९९ पछिकै सवैभन्दा कम भएको अधिकारीहरूले बताएका छन्।

जापानका प्रधानमन्त्री सिन्जे आवेले जनसंंख्या न्यनुनिकरणलाई नियन्त्रण गर्न चाहेको बताउँदै त्यसका लागि चरण चरणका योजनाहरु बनाइएको पनि जानकारी दिएका छन्। जापानका घट्दै गरेको जनसंख्या र बढ्दो कामदारको मागलाई ध्यानमा राखेर विभिन्न नयाँ नीतिगत व्यवस्था गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *