२०८२ वैशाख १४ गते | 27th of April 2025

रोहित, एक दिवसीयमा विश्वकै चौथो कान्छा खेलाडी

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १९ गते १०:५३

काठमान्डौं – नेपाली युवा ब्याट्सम्यान रोहित कुमार पौडेल एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने विश्वकै चौथो कान्छा खेलाडी बनेका छन्। नेपालको पहिलो ऐतिहासिक एक दिवसीय सिरिज अन्तर्गत शुक्रबार नेदरल्याण्ड्स विरुद्ध भएको दोस्रो खेलमा डेब्यू गर्दै उनले यो कीर्तिमान बनाएका हुन्। रोहित १५ वर्ष ३३५ दिनको उमेरमा ओडिआईमा डेब्यू गरेका हुन्। उनले आफ्नो पहिलो एक दिवसीयमा १५ बल खेल्दै १ चौकासहित ६ रन बनाए।

रोहितले गत फेब्रुअरीमा नामिबियामा भएको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मार्फत नेपालको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। ओडिआईमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी पाकिस्तानका हसन राजा हुन्। यस्तै केन्याका गुरदिप सिंह र क्यानडाका नितिश कुमारले पनि रोहित भन्दा कम उमेरमा ओडिआईमा डेब्यु गरेका थिए। पाकिस्तानका हसन राजाले सन् १९९६ मा जिम्बाबेसँग १४ वर्ष २३३ दिनको उमेरमा डेब्यू गरेका थिए। उनी डेब्यू खेलमा १४ बलमा ११ रन बनाउँदै रन आउट भएका थिए।

केन्याका गुरदीप सिंहले सन् २०१३ मा अफगानिस्तानविरुद्ध १५ वर्ष २५८ दिनको उमेरमा डेब्यू गरेका थिए। उनले २३ बल खेलेर १ रन बनाएका थिए। क्यानडाका नितिश कुमारले सन् २०१० मा अफगानिस्ताविरुद्ध १५ वर्ष २७३ दिनको उमेरमा डेब्यू गरेका थिए। तर उनले ब्याटिङ र बलिङ गर्न पाएका थिएनन्। यस्तै रोहितभन्दा पछि पाकिस्तानका आकिव जावेद छन्। उनले सन् १९८८ मा वेष्टइन्डिजविरूद्ध १६ वर्ष १२७ दिनमा डेब्यू गरेका थिए।

यस्तै योदिन पुञ्जाले हङकङ विरूद्ध युएईका लागि १६ वर्ष २०६ दिनमा डेब्यू गरेका थिए। पाकिस्तानका साहिद अफ्रिले पनि सन् १९८९ मा भारतविरूद्ध पहिलो पटक डेब्यू गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *