२०८१ वैशाख २१ गते | 3rd of May 2024

भारतीय कप्तान सुनिल क्षेत्री मेस्सी र रोनाल्डोपछि तेस्रो स्थानमा

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १९ गते ११:०१

काठमाडौं – भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीलाई एसियाली फुटबल महासंघले एसियाली आइकन नामाकरण गरेको छ ।एसियाली फुटबलको सर्वोच्च संस्था एएफसीले क्षेत्रीको ३४ औं जन्मदिनको अवसरमा उनलाई यस्तो सम्मान दिएको हो । २००५ देखि भारतीय टिममा डेब्यू गरेका सुनिलले हालैमात्र एक सय क्याप पार गरेका छन् । उनी एसियाकै सर्वाधिक गोल कर्ता समेत हुन् ।

सन् २००५ मा पाकिस्तानविरुद्ध डेब्यू गरेका उनले कुल १०१ खेलमा ६४ गोल गरेका छन् । अहिलेसम्म सक्रिय गोलकर्ताको सूचीमा सुनिल क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भन्दा पछि तेस्रो स्थानमा छन् । उनको जन्मदिनलाई सम्झन लायक बनाउनका लागि एएफसीले उनको व्यक्तिगत विवरण, करियरको नालिबेली र उनको प्रदर्शन समेटेको छ । सुनिलले भारतको आठवटा क्लबबाट खेलेका छन् । यस्तै पोर्चुगलको स्पोर्टिङ सिटीबाट पनि फुटबल खेले । उनले एएफसी च्यालेञ्ज कप २००८, साफ कप २०११, २०१६, आई–लिग २०१०, २०१३, २०१४, २०१६ जितिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *