२०८१ वैशाख २३ गते | 5th of May 2024

शिकागो नेपाली कन्भेशनमा पुर्व प्रधानमन्त्रीदेखि चर्चित कलाकारसम्म

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १९ गते १९:३६

शिकागो – शिकागोमा हुने नेपाली कन्भेशनमा पुर्व प्रधानमन्त्री देखि चर्चित कलाकारसम्म आउने शिकागो, पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव नेपाल अमेरिकाको शिकागो आउनु लागेका छन् । अगष्ट ३१ देखि सेप्टेम्बर ३ सम्म हुन लागेको नेपाली नेशनल कन्भेसनको प्रमुख अतिथीको रुपमा नेपाल शिकागो आउन लागेका हुन् । हरेक बर्षको अमेरिकन लेबर डे सप्ताह पारेर अमेरिकामा रहेका नेपालीहरुका पुराना र ठुला संस्था नासिया र एन्माले संयुक्त रुपमा गर्दै आएको सम्मेलनमा यस बर्षदेखी अमेरिकामा रहेका नेपालीहरुकै पुरानो संस्था एनएन पनि सहभागी भएको छ ।

नेपाली समाजका लागि एकता भन्ने मुल नाराका साथ हुन लागेको सम्मेलनमा बिभिन्न फोरम, नेपालको पर्यटन र लगानी लगायतका बिषयमा सम्मेलन केन्द्रित गरिनेछ भने मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि भब्य तयारी भईरहेको जनाइएको छ । सम्मेलनको संयोजक तथा एन्मा अध्यक्ष बाला घिमीरेका अनुसार सम्मेलनमा भाग लिन पुर्व प्रधानमन्त्री आउने पक्का भईसकेको छ भने नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा पनि आउने भएका छन् । पर्यटनदुत समेत रहेका घिमीरेका अनुसार सम्मेलनमा नेपालका हित र बिकाससंग सम्बन्धीत बिभिन्न बिषयमा छलफल हुने भएकोले पुर्व प्रधानमन्त्रीलाई आफुहरुले प्रमुख अतिथीको रुपमा बोलाएर बर्तमान सरकारसंग आफुहरुको सन्देश पुराउन खोजेको बताउनुभयो ।

सम्मेलनमा फिल्म फेस्टीबल पनि हुने :

३ दिनसम्म चल्ने नेपाली नेशनल कन्भेन्सनमा नेम्पा फिल्म अवार्ड पनि हुने भएको छ ।सम्मेलनको अर्को आयोजक संस्था एएनएका अध्यक्ष मेदिनी अधिकारीका अनुसार सम्मेलनको दोश्रो दिन सांझ फिल्म अवार्ड कार्यक्रम आयोजना हुनेछ । चर्चित फिल्म अवार्डमा भाग लिन नेपाली सिने जगतका हस्तीहरु निर शाह, सुनिल थापा, भुवन केसी देखि लिएर अहिलेको समयका चलेका नायक अनमोल केसी लगायतका चर्चित कलकारहरुको उपस्थिती रहने जनाइएको छ ।

प्रेमराजा देखि प्रमोद र हिमालसागरसम्मले प्रस्तुती दिने :

नासियाका अध्यक्ष माधव ढकालका अनुसार तिन दिन सम्म चल्ने सम्मेलनको दोश्रो दिन सांझ नै कन्सर्टको आयोजना गरिएको छ । कन्सर्टमा अहिलका पुस्ताका सर्वाधिक चलेका गायक प्रमोद खरेल र हिमालसागरको बिषेश प्रस्तुती रहने छ । शनिबारसांझ कन्सर्ट आयोजना पश्चात आईतबार सांझ बरिष्ठ लोक गायक प्रमेराजा महत देखि अहिलेका पुस्ताका चलेका लोक कलाकारहरु र स्थानिय प्रतिभाहरुको समेत प्रस्तुतीमा बिषेश सांस्कृतिक कार्यक्रमको आयोजना हुने छ। सम्मेलनमा मनोरञ्जनका साथै बिभिन्न फोरम तथा बहसहरु चल्नेछन् ।

परिवार सहित शिकागोमा मनोरञ्जन लिनुका साथै देश हितका बिभिन्न छलफलमा सहभागि हुन आयोजकहरुले आब्हान गरिरहेका छन् । होटल हिल्टनमा हुने कार्यक्रममा बुकिगं तथा रजिष्ट्रेशनका लागि सम्मेलनको वेभसाईट मार्फत गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *