२०८१ साउन १२ गते | 27th of July 2024

बलिउड सेलिब्रिटीका ‘रियल बेस्ट फ्रेन्ड’

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २० गते ११:१४

मुम्बई – अगस्ट महिनाको पहिलो आइतबारलाई फ्रेन्डशिप डे को रुपमा मनाइन्छ । यस दिन साथीहरुसँग भेटघाट गर्ने, रमाइलो गर्ने र एकअर्काको महत्वबारे महसुस गराइन्छ । आज फ्रेन्डशिप डेका मौका पारेर हामी तपाईंलाई बलिउडका यस्ता सेलिब्रिटीबारे जानकारी दिँदै छौं जो रियल लाइफका साथी हुन् ।

१. शाहरुख खान–काजोलः

रिल लाइफदेखि रियल लाइफसम्म बलिउडको सबैभन्दा चर्चित साथी हुन् शाहरुख खान र काजोल । दुबैले थुप्रै फिल्ममा एकसाथ काम गरेका छन् । उनीहरुको दोस्तीको बी टाउनमा निकै चर्चा हुने गर्छ ।

२. सोनम कपुर र ज्याकलिन फर्नान्डेजः

सोनम र ज्याकलिनले एकअर्कालाई बेस्ट फ्रेन्ड बताउने गर्छन् । उनीहरुलाई विभिन्न कार्यक्रममा सँगै देखिन्छ । दुबै पार्टीमा सँगै जान्छन्, रमाइलो गर्छन् र एकअर्काको तारिफ गर्न पनि पछि पर्दैनन् । साथै एकलाई अप्ठेरो परेको बेला सहयोग पनि गर्छन् ।

३. संजय दत्त र सलमान खानः

संजय दत्त र सलमान खानबीचको सम्बन्ध पनि निकै सौहार्द छ । निकै अघि फिल्म ‘साजन’ मा पहिलो पटक स्क्रिन सेयर गरेदेखि नै उनीबीचको सम्बन्ध निकै बलियो छ ।

४. करिना कपुर र मनिष मल्होत्राः

करिना डिजाइनर मनिष मल्होत्राकी निकै मिल्ने साथी हुन् । धेरैजसो कार्यक्रममा उनले मनिष मल्होत्राकै डिजाइन लगाउने गर्छिन् ।

५. करिना कपुर र अम्रिता अरोराः

सबैलाई थाहा छ अम्रिता र करिना बाल्यकालका साथी हुन् । सन् २००९ मा अम्रिताको विवाहमा करिना ब्राइड्समेड थिइन् । उनीहरु धेरैजसो सँगै देखिन्छन् । लञ्च डेट, सपिङ, पार्टीलगायतका विभिन्न कार्यक्रममा करिना छिन् भने अम्रिता पनि पक्कै हुन्छिन् ।

६. दिपिका र सहाना गोस्वामीः

दिपिका र सहाना आफ्नो करियरको सुरुवातदेखि नै साथी थिए । यी दुईले सँगै स्कूबा डाइभ गरे भने उनीहरुलाई एक अर्काको निकै गोप्य कुरा पनि थाहा छ ।

७. आयान मुखर्जी, रणबीर कपुरः

आयान र रणबीर फिल्म ‘वेक अप सिड’ देखिका साथी हुन् । यी दुईबीचको सम्बन्ध निकै झांगिएको र गहिरिएको आयान मुखर्जीले बताएका छन् ।

८. अजय देवगन र रोहित शेट्टीः

अजय रोहितबीचको सम्बन्ध पनि निकै राम्रो छ । उनीहरुले अहिलेसम्म नौवटा फिल्ममा सँगै काम गरेका छन् । रोहितले सन् १९९१ मा सहायक निर्देशकको रुपमा ‘फूल और काँटे’ मार्फत करियरको स्रुवात गरे जसमार्फत अजय देवगनले अभिनयको डेब्यू गरे ।

९. ऐश्वर्या राय, प्रिती जिन्टाः

ऐश्वर्या र प्रिती निकै अघिदेखिका मिल्ने साथी हुन् । पुराना समयमा यी दुई मस्ती गरिरहेको तस्बिर केही समय अघि सार्वजनिक भएको थियो जसबाट यो पुष्टि हुन्छ कि यी दुई बी टाउनका निकै मिल्ने साथी हुन् ।

१०. गौरी र सुजैनः

शाहरुख खानकी श्रीमती गौरी खान र ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानबीचको सम्बन्ध पनि निकै चर्चित छ । सुजैन खानले विभिन्न अन्तर्वार्तामा गौरीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बताउने गरेकी छिन् । आफूहरुबीच कहिले पनि प्रतिस्पर्धाको भावना नआउने पनि उनले बताउने गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *