बाल्टिमोर – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजित सप्ताहव्यापी श्रीमदभागवत ज्ञान-महायज्ञको विधिवत समापन भएको छ । जुलाई २८ तारिख विहान शुभमुर्तमा कलाश यात्रा सँगै संचालन भएर दैनिक दिउसो २ बजे देखि ८ बजे सम्म भागवत वाचन भएर संचालन भएको थियो भने अगष्त ३ तारिख अन्तिम दिन भने विहान ११ बजे देखि नै भागवत वाचन शुरु भई साँझ केही अवेर सम्म कार्यक्रम संचालन भएको थियो ।
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38693265_245705686070000_8766860645862735872_n.jpg?_nc_cat=0&oh=d5867dd2e18a83aadb8fe7b0181c90bc&oe=5BC6A180)
यस महायज्ञमा ख्याती प्राप्त वाचन शिरोमणी पण्डित स्व. नारायण पोखरेलका सुपुत्र वाचन प्रवीण दीनबन्धु पोखरेलबाट भागवत वाचनका साथ महायज्ञ संचालन गरेका थिए । उनको कलात्मक कथा वाचन प्रस्तुतीबाट भक्तजनहरु निकै मन्त्रमुग्ध बनेर सात दिन सम्म महायज्ञ स्थलमा कथा श्रवण गर्दा गच्छे अनुसार मनफुकाएर दान गरेका थिए । अझै समापनको दिन त निकै भक्तजनहरुहरुको उपस्थिती रहेको पाईयो र दानदाताहरु समेत अन्य दिनभन्दा बढी देखिन्थे । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38760479_500993377014224_7688559817157246976_n.jpg?_nc_cat=0&oh=8ce9f98adc7b992d0953a654b0b17bb8&oe=5BFC058F)
यसरी हेर्दा यो उत्साहपूर्ण सहभागिताबाट अब बाल्टिमोरमा व्यवस्थित मन्दिर र धार्मिक धाम निर्माणको अभियान सफल हुने ठुलो संभावना रहेको छ । मन्दिरको लागी जग्गा खरिदको शुरुवाती दिनमा दान गर्ने दाताहरु देखि महायज्ञमा दान गर्ने दाताहरु सम्म र आगामी दिनमा दान गर्न तयारी अवस्थामा बस्नु भएका संभावित दाताहरु सबैमा हार्दिक नमन छ । अहोरात्र खटिने स्वंसेवकहरु, आयोजकहरु र सबै नेपाली समुदायमा समेत हार्दिक नमन गर्दै सधै सधै नेपालीहरु बिच एकता र सौहार्दता कायम रहन सकोस् । आखिर सबै मिले सबै कुरा संभव हुन सक्छ भन्ने महान संदेश यस महायज्ञको संचालन र भक्तजनहरुको सहभागिताबाट प्रष्ट भएको छ ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38697971_221544215174969_1189217594620510208_n.jpg?_nc_cat=0&oh=5094e7e29016f8ae1cd34e6c90f41ce8&oe=5C08ABE2)
महायज्ञ अवधिमा नेपाली दुतावासबाट राजादुत डा. अर्जुन कार्की, महावाणिज्यदुत प्रेमराजा महत, अभियान्ताहरु डा. श्याम कार्की र कृष घिमिरेहरुको सहयोग, खटाई र अपार आत्मविश्वासले बाल्टिमोर महायज्ञ ऐतिहासिक रुपमा सम्पन्न भएको सबैले महशुस गरेका छन । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38488684_1971602059797966_4853963302528614400_n.jpg?_nc_cat=0&oh=c7bba71994a4f737e1281aaae363dbf1&oe=5C08B715)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38649355_292215761541571_2476811157457862656_n.jpg?_nc_cat=0&oh=d6ccf7dcdaccf544488e54337bb3d606&oe=5C06F6C8)
वाचन प्रविण पण्डित दीनबन्धु पोखरेल आनन्द धामको संरक्षक :
ऐतिहासिक बाल्टिमोर महापुराणको अन्तिम दिन हिन्दु तथा बुद्ध मन्दिर निर्माणको महान अभियानसंगै वाचनप्रवीण पण्डित श्री दीनबन्धु पोखरेल ज्युको कृपा र चाहनानुरुप यस मन्दिरलाई अबका दिनहरुमा आनन्द धामका रुपमा विकसित र परिमार्जित गर्दै सम्पुर्ण हिन्दु बौद्ध धर्मावलम्बीहरुको आस्था बिश्वासको केन्द्र बनाईने भएको छ । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38672500_229927437857521_8430268856353685504_n.jpg?_nc_cat=0&oh=29e986723552a423887d21e74be0ac08&oe=5BC63787)
पन्डित पोखरेलको चाहना र निर्देशन बमोजिम यस हिन्दु बुद्ध मन्दिर/आनन्द धामको सम्मानित संरक्षकको गरिमामय भुमिकामा रहेर यसको अभिभावकत्व र संरक्षकत्व प्रदान गरिदिनुहोस् भन्ने यस मन्दिर निर्माणमा समर्पित स्वयंसेवकहरुको तर्फबाट अभियन्ता कृष घिमिरेले राख्नु भएको विशेष अनुरोधलाई सहर्ष स्वीकार गरि संरक्षकको गरिमामय जिम्मेवारीलाई ग्रहण गरिदिनु भएको छ । सम्पूर्ण बाल्टिमोर – मेरिल्याण्डवासी लगायत सम्पुर्ण नेपाली हिन्दु बौद्ध धर्मावलम्बी परिवारजनहरुको तर्फबाट संरक्षकत्व ग्रहण गरिदिनुभएकोमा लाखौंलाख बधाई, शुभकामना तथा हार्दिक आभार ब्यक्त गरिएको छ ।
नाम्लो ईभेन्ट्सद्वारा उपलब्ध अन्य फोटोहरु :
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38647509_2116513238669001_3947947330191228928_n.jpg?_nc_cat=0&oh=af875d3f6563a3b94a26fc6c7486b11e&oe=5C0F25B3)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38624513_2113647602227600_5594609633672036352_n.jpg?_nc_cat=0&oh=f27495aa5bc8a79f183d3fd762dadcbd&oe=5C039BB2)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38726071_294012184682062_8055205803528814592_n.jpg?_nc_cat=0&oh=9bbbfe01ef86256c36b353e0d244bc90&oe=5BC6EA52)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38745577_454919721652596_3245024405478178816_n.jpg?_nc_cat=0&oh=f7c1141be5c1ceada584358ec297d8a7&oe=5BCF500A)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38752181_1031903453669137_2099808677790744576_n.jpg?_nc_cat=0&oh=a0c52c02e58f84fe5fffcad502eea7fb&oe=5C0A799C)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38731241_2181927558721210_6044953700735123456_n.jpg?_nc_cat=0&oh=be3b27e6455069ac3d62d1578400c9ad&oe=5C086728)
![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/38689602_400550107015877_2170462955689213952_n.jpg?_nc_cat=0&oh=52e7276acbd0f07f9d47972fbdc80e8a&oe=5C0A5770)