न्यूयोर्क – अमेरिकाका बिभिन्न समाजहरू गठन हुने प्रकृया बड्दो छ ।यसै बिच स्याड्जा समाजले पनि बिभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।नेपाली महिलाहरूको महान पर्ब हरीतालीका तिज को अबसर पारेर उक्त समाजले न्यूयोर्कमा नेपाली चेलीहरूलाई दर खुवाउने एक भब्य कार्यक्रमको आयोजना गरेको छ ।
चर्चित गायक पुरुषोत्तम न्यौपानेको संगितीक मनोरन्जन रहने कार्यक्रम यहि अगस्टको १२ तारिख दिनको १२बजे देखि ५ बजे सम्म बाजेको सेकुवा न्यूयोर्कमा हुने कुरा उक्त समाजले जनाएको छ ।
निम्तो-सुपारी!!!
स्याङ्गजा देखि आएर अमेरिकाका बिभिन्न राज्यहरुमा स्थाई तथा अस्थाई रुपमा बसोबास गर्नुहने सम्पूर्ण आदरणीय बुवाआमा,दाजुभाई तथा दिदीबहिनीहरु नमस्कार!
हामी एउटा छाता संस्थामा ओत लाग्ने अभियानमा रहेको कुरा यहाँहरुलाई सर्बविदित नै छ l “स्याङ्गजा समाज अमेरीका” नामक छाता संस्था स्थापना गर्दै त्यसैको ओत लाग्ने अभियानको पहिलो औपचारिक कार्यक्रमको संघारमा उभिएको कुरा यहाँहरु सबैलाई जानकारी गराउन पाउँदा हामी निकै नि खुशी छौं l 
नेपाली लोकसंगीतका हस्ती सुमधुर गीतसंगीतका माध्यमबाट तपाईं हाम्रो मन मुटुमा एकक्षत्र राज गर्न सफल आदरणीय लोकगायक “पुरुषोत्तम न्यौपाने” को बिशेष सम्मान र सांगीतिक उपस्थिति,प्रिय गायक/गायिका मधुर गिरी र संगीता थापा मगरको उपस्थितिमा महिलाहरुको महान् चाड हरितालिका तिजको शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरिएको सहर्ष जानकारी गराउंदै हजुरहरु सबैलाई चुलै निम्तो टक्राउँछौ l हजुरहरुको साथ र सहयोग बिना संस्था अधुरो र अपुरो नै रहने छ र हजुरको भौतिक उपस्थिति र सहयोगको अपेक्षा गर्दछौ l
कार्यक्रम स्थल:-
बाजेको सेकुवा(Bajeka Sekuwa)
43-16 Queens Blvd,
Sunnyside,NY 11104
August 12,2018 Time:11.30 am -5pm
आयोजक:तदर्थ समिति,स्याङ्गजा समाज अमेरीका