पोखरा, ५ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेको अग्रता कायम छ । २ हजार ४९ मत गनिसक्दा एमालेका उम्मेदवार देवेन्द्र बास्तोला काँग्रेसका उम्मेदवार मोहन प्रसाद बास्तोला भन्दा ७२ मत अघि छन् । देवेन्द्रको ८ सय ८० मत छ भने मोहनको ८ सय ८ मत छ ।
वडा सदस्यहरुमा काँग्रेसका राजेन्द्र बहादुर भट्टराई र जंग बहादुर हमाल ठकुरी अगाडी छन् । महिला सदस्यमा एमालेकी मिठु माया गुरुङ र दलित महिला सदस्यमा पनि एमाले कै हेमा कुमारी नेपाली अगाडी छिन् ।
११ नम्बर वडाबाट महानगर प्रमुखमा पनि एमाले अगाडी छ । एमालेका मान बहादुर जिसीको ९ सय ८५ मत आउँदा काँग्रेसका रामजी कुवँरको ७ सय ८३ मत छ । उपप्रमुखमा भने काँग्रेस अगाडी छ । काँग्रेस उम्मेदवार सरस्वती गुरुङको ८ सय४९५ र मञ्जुदेवी गुरुङको ७ सय ९८ मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस |
नेकपा एमाले |
रामजी कुवँर |
सरस्वती गुरुङ |
मान ब जिसी |
मञ्जु गुरुङ |
७८३ |
७९८ |
९८५ |
८४९ |
वडाध्यक्ष-८०८ |
वडाध्यक्ष-८८० |