संयुक्त राष्ट संघकाे ७१अाैं साधारणसभामा सहभागी हुन न्युयाेर्क पुगेका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतकाे सम्मानमा अाइतबार साँझ सम्मान तथा स्वागत कार्यक्रमकाे अायाेजना गरियाे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा. महतकाे सम्मानमा कांग्रेसकै प्रवास संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत समाराेहकाे अायाेजना गरेकाे थियाे ।

समाराेहमा परराष्ट्र नीति तथा सम्बन्धको अनुभव सुनाउँदै मन्त्री डा. महतले  भने– ‘नेपाल न सैन्य शक्तिमा अगाडि छ, न आर्थिक शक्तिमा । दुई सामरिक शक्तिराष्ट्रबीचको देशले छिमेकीसँगको नीतिलाई आफ्नो राजनीतिक दलको क्षणिक परिपूरणमा प्रयोग ग¥यौं भने नेपालका लागि घातक हुन्छ । पछिल्लो समय नेपालमा छिमेकीसँगको सम्बन्धलाई तुलना गर्ने वा विभिन्न विशेषण दिने क्रम बढेको छ । तर, त्यो आवश्यक छैन ।’

14344287_10154380770821399_4860635592434211949_nसमितिका केन्द्रीय अध्यक्ष अानन्द विष्टकाे सभापतित्वमा अायाेजित कार्यक्रममा न्युयाेर्कमा रहेका नेपाली कांग्रेसका अगुवा समर्थक, शुभचिन्तकहरूकाे बाक्लाे उपस्थिति थियाे । समाराेहमा न्युयाेर्कस्थित नेपाली नियाेगका अधिकारीहरूका साथै स्थानीय नेपाली समुदायका अगुवाहरू पनि सहभागी थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघकाे महासभामा सहभागी हुने कार्यक्रम अन्तिम अवस्थामा अाएर रद्द गरेकाले अब डा. महतले नै नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्नेछन् ।

14359070_10154380770926399_6833694468578926797_n

Source : WhiteHimal

 

SHARE