गोकुल ढकाल
लस एन्जलस, क्यालिफोर्निया ।

लस एन्जलस, क्यालिफोर्निया ।
अमेरिकाको क्यालिफोर्निया राज्य स्थित लसएन्जल्समा सन् २००९ मा स्थापित भै सामाजिक सेवामा समर्पित हुँदै आएको नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभा साँझ ७:०० बजे देखी तारा हिमालयन कुजिन आर्टेसियामा हुने तय भएको जानकारी संस्थाको महासचिव डोल्मा लामाले दिएकी छिन् । वार्षिक साधारण सभाले ग्रेटर लस एन्जलस सेरोफेरोमा रहेका सम्पूर्ण नेपाली समुदायलाई एकत्रित गर्दै आफ्नो नेपाली सांस्कृतिक पराम्परालाई जगेर्ना गर्ने आफ्नो उद्देश्य पूर्तिका लागि वार्षिक कार्ययोजना माथि छलफल गरी दिर्घकालिन योजना तयार गर्ने उद्देश्य रहेको समाजका अध्यक्ष सूर्य प्रसाईले जानकारी दिए ।
संस्थाले प्रवासमा रहेका नेपाली समुदायको हक, हित र अधिकारको संरक्षण र प्रबर्धन तथा नेपाली चाड पर्वका बेला सबै नेपालीहरुलाई एकै थलोमा भेला गरी आफ्नो नेपालीपनको महसुस गराउदै आईरहेको छ । सामाजिक सेवामा थुप्रै उल्लेखनीय काम गर्न सफल भएको नेपाल अमेरिका एकताविषयमा छलफल गर्ने योजना रहेको महासचिव लामाले बताईन ।अमेरिकाको क्यालिफोर्निया राज्य स्थित लसएन्जलमा सन् २००९ मा स्थापना भई सामाजिक सेवामा समर्पित हुँदै आएको नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभा आगामी डिसेम्बर ४ तारिख आइतबार आर्टेसिया शहरमा हुने भएको छ । समाज यस क्षेत्रमा एक सफल गैर मुनाफा सामाजिक संस्थाको रूपमा स्थापित भएको छ ।
साधारण सभामा गत एक वर्षको कार्यक्रम तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान संशोधन, संस्थाको वार्षिक कार्ययोजना तथा विविध बिषयमा छलफल हुने संस्थाकी महासचिव लामाले जनाईन ।

सभा पछि एनआरएनको छलफल कार्यक्रम :

नेपाल अमेरिका एकता समाजको साधारण सभापश्चात निकट भविष्यमा हुनगईरहेको एनआरएन अमेरिकाको निर्वाचनको सम्बन्धमा ग्रेटर लस एन्जलस क्षेत्रबाट गरिने प्रतिनिधित्व र आकांक्षी उम्मेद्वारहरुको बिचमा साझा धारणा र एउटै आवाज लिएर अघि बढ्ने विषयमा छलफल गर्न एक कार्यक्रम राखिएको कुरा एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले जानकारी दिए ।nrn usa
एनआरएनको बिगतका निर्वाचनमा सामुहिक सहयोगले आशातित नतिजा ल्याउन असफल लस एन्जलसले यसपटक साझा भावना र एकताको उम्मेद्वारको प्रयास गरेको उपाध्यक्ष पाण्डेले बताए । त्यसो त छ महिनाको निर्वाचन अवधी रहेको एनआरएनको निर्वाचनको लागि उम्मेद्वारी घोषणाको लर्को लागेको बेला अहिलेसम्म लस एन्जलसबाट कसैले उम्मेद्वारी घोषणा गरेका छैनन ।

SHARE