पोखरा, माघ १३ ।
कोलपाटन आमा समुह पोखरा १५को आयोजनामा वुधवार दुई युवालाई सम्मान गरिएको छ । गण्डकि कलेज अफ् इञ्जिनियरीङका युवा वैज्ञानिक विराज भण्डारी र फिलिपिन्स वाट एम्. डि पुरा गरेर आएका डा. नवराज पौडेललाई सम्मान गरिएको हो । IMG_20160127_134805आमा समुहले नाकावन्दीवाट देश र जनता प्रभावित भैरहेका वेला युवा वैज्ञानिक भण्डारीले वेट्रीवाट चल्ने साइकलन निर्माण गरेका र डा. पौडेलले पढाई सकेर आफ्नै देश र स्थानमा सेवा गर्ने उदेश्यका साथ नेपाल फर्कीएको भन्दै सम्मान गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता सुष्मा पौडेल अध्यक्ष पार्वती कार्की लगायतले दोसल्ला, सम्मानपत्र र अविरद्धारा सम्मान गरेका हुन्।
कार्यक्रममा वोल्दै पौडेलले राष्ट्रले गर्नुपर्ने सम्मान आमा समुहाले गरेको भन्दै यस प्रकारको सम्मानले युवाहरुलाई उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरिन् । उनले गरिव राष्ट्रमा जन्मेर केही गर्न सकिदैन भन्ने सोच केही गर्न नचाहनेका लागी वहाना हो भन्ने कुरा दुई युवाले प्रमाणित गरेको वताइन्।उनले अविभावकले विद्यार्थीलाई मात्र कितावी ज्ञान होइन अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने वातावरण सृजना गर्नुपर्नेमा जोड दिइन् । सम्मानित भण्डारीले राष्ट्रले भन्सार छुट गरे अन्य सृजना गर्न सकिने भन्दै अपाङ्गका लागि चारपाङ्गे व्याट्रीवाट चल्ने साइकल निर्माण गर्न लागेको भन्दै सहयोगको लागि आह्वान गरे् ।
अर्का सम्मानीत डा. पौडेलले आमा समुहप्रति आभार व्यक्त गर्दै सम्मानले सेवाप्रति समर्पीत भावनामा अझ थप हौसला मिलेको वताए । आमा समुहका अध्यक्ष पार्वती कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव सोमनाथ लम्साल, टोलविकास संस्था समन्वय समिति वडा नं १५का अध्यक्ष प्रकाश पौडेल, समाजसेवि कमलप्रसाद पौडेल, दिव्यज्वोति क्लवका अध्यक्ष पुष्पराज पराजुली लगायतले आमा समुहले प्रशंसनिय कार्य गरेको भन्दै सम्मानित व्यक्तिहरुलाई वधाई ज्ञापन गरे । कार्यक्रममा स्वागत मंतव्य सह कोषाध्यक्ष विष्णु पौडेलले गरेकि थिइन् भने कार्यक्रमको संचालन  उपाध्यक्ष सावित्रि पौडेलले गरेकि थिइन् ।

SHARE