टोकियो – नेपाली काँग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापा जापान पुग्नुभएको छ । नेपाली राजनीतिमा एक प्रखर बक्ता तथा युवाहरुको माझ चर्चित थापाको प्रमुख आतिथ्यतामा टोकियोमा आईतवार एक विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
जाइकाको एक कार्यक्रममा भाग लिन नेता थापा नेपालबाट जापान पुगिसकेका छन । ‘समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका’ बिषयमा नेता थापासंग विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ । टोकियो हुने कार्यक्रम आइतवार अपरान्ह साढे एक बजेदेखि टोकियो शिनओकुबोमा हुने कार्यक्रम संयोजक महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।