२०८२ फागुन २७ गते | 11th of March 2026

चीनका सबैभन्दा धनी व्यक्ति जोङ सानशान बने ,चीनका सर्वाधिक धनीको सूचीमा लामो समय राज गरेका ज्याक माको भन्दा २ अर्व बढि सम्पत्ति

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ८ गते १३:०३

एजेन्सी-  चीनका सबैभन्दा धनी व्यक्ति जोङ सानशान बनेका छन्। ब्लुमवर्ग बिलेनियर इन्डेक्सका अनुसार बुधबार जोन सानशान चीनकै धनी व्यक्ति बनेका हुन्। उनले यसअघिका चीनका सर्वाधिक धनीको सूचीमा लामो समय राज गरेका ज्याक मालाई उछिनेका हुन्।जोङ ‘नोङ फुङ’ नामक बोतलको पानी र खोप निर्माता कम्पनीका संस्थापक हुन्।

ब्लुमवर्ग बिलेनियर इन्डेक्सका अनुसार जोङ शानशानको कुल रकम ५८ अर्ब ७ करोड डलर पुगेको छ। यो भनेको ज्याक माको भन्दा २ अर्ब डलर बढी रकम हो। योसँगै जोङ एसियाका दोस्रो सबभन्दा धनी व्यक्ति भएका छन्। एसियाका सबैभन्दा धनी व्यक्ति भने हाल भारतका मुकेश अम्बानी हुन्। संसारका सबैभन्दा धनी व्यक्तिमध्ये भने जोङ १७ औं स्थानमा छन्। ‘लोन उल्फ’ उपनाम पाएका जोङको व्यापार सन् २०२० मै करिब ५२ अर्ब डलर वृद्धि भएको स्ट्रेट टाइम्सले जनाएको छ।     सन २०२० मै धेरै कमाइ गर्ने कम्पनीमा उनी तेस्रा हुन्। अमेजनका जेफ बेजोस र टेस्लाका एलन मस्कले पनि यो वर्ष अत्यधिक कमाइ गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *