२०८२ पुष २८ गते | 12th of January 2026

अर्थ मन्त्रालयले सोध्यो नेप्सेलाई स्पष्टीकरण

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १४ गते १५:३५

काठमाडौं– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई स्पष्टीकरण सोधेको छ। अनाधिकृतरुपमा शेयर खरीद गरेको भन्ने विवरण सार्वजनिक भएपछि मन्त्रालयले पत्र लेख्दै नेप्सेलाई स्पष्टीकरण सोधेको हो।  साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको परिवारले खरीद गरेको पाइएपछि मन्त्रालयले बिहीबार स्पष्टीकरण सोधेको छ।  मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण ३ दिनभित्र उपलब्ध गराउन भनेको छ ।

मन्त्रालयले बिहीबारै नेपाल धितोपत्र बोर्डलाई पनि सोही बेहोराको पत्र लेख्दै स्पष्टीकरण सोधेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *