गोरखा, ५ जेठ ।
गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले जितेको छ । नेकपा (एमाले) र नयाँ शक्ति पार्टीले कुनै स्थानीय तहमा जित्न सकेनन् ।
गोरखा नगरपालिकामा काँग्रेस
गोरखा नगरपालिकामा ६ हजार ५६० मत ल्याएर नेकाका राजनराज पन्त नगरपालिका प्रमुख पदमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर रानाले पाँच हजार ६० मत ल्याए ।
उपप्रमुख पदमा कांग्रेसकै बिनाकुमारी श्रेष्ठले ६ हजार २६० मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सम्झना देवकोटाले चार हजार ७०५ मत ल्याएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गोरखा नगरपालिकामा १४ वटा वडा रहेका छन् जसमध्ये १, २, ४, ५, ६, ८, ९ र १२ वडा नेकाले जितेको छ । यस्तै, ३, १० र १४ नं वडामा एमालेले जितेको हो भने नेकपा (माओवादी केन्द्र)ले ७, ११ र १३ वडामा जित हासिल गरेको छ ।
पालुङटारमा काँग्रेस
गोरखाको पालुङटार नगरपालिकाको प्रमुख पदमा नेकाका दीपकबाबु कँडेल विजयी भए । चार हजार ६९८ मत ल्याएर कँडेल विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विवश चिन्तनले चार हजार ४९१ मत ल्याए । उपप्रमुख पदमा माओवादी केन्द्रकी पम्फा बसेल निर्वाचित भएकी छन् । बसेलले चार हजार ४९४ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी काँग्रेसकी चेतकुमारी श्रेष्ठले चार हजार १९६ मत ल्याइन् । दशवटा वडा रहेको पालुङटारमा नयाँ शक्ति पार्टीले १, ४ र ५ वडामा विजय हासिल गरेको हो ।
यस्तै, २, ६, ८ र १० नं वडामा माओवादी केन्द्र विजयी भयो भने वडा नं ७ मा एमाले विजयी भएको छ । काँग्रेसले वडा नं ३ र ९ जितेको छ । पालुङटार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वसङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको गृहनगर पनि हो ।
भीमसेनमा काँग्रेस
गोरखाको भीमसेन गाउँपालिका प्रमुख पदमा काँग्रेसका ईश्वर पाण्डे तीन हजार ९४३ मतका साथ विजयी भए । उपप्रमुखमा काँग्रेसकी बिनु वाग्ले तीन हजार ९८३ मतका साथ विजयी भएका हुन् । काँग्रेसले माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा र लीला श्रेष्ठलाई पराजित गरे ।
आरुघाटमा काँग्रेस
आरुघाट गाउँपालिकाको प्रमुख पदमा काँग्रेसका पूर्णबहादुर दाहाल तीन हजार ६७६ मत ल्याएर विजयी भए । उपप्रमुखमा काँग्रेसकै कल्पना नेपालीले तीन हजार ६०९ मत ल्याएर विजयी हुँदा काँग्रेसले प्रमुख र उपप्रमुखमा क्रमशः एमालेका बकबहादुर लामा र मिनु बरामलाई हराएको हो ।
चुमनुब्रीमा काँग्रेस
उत्तरी हिमाली क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकाको प्रमुख पदमा नेकाका धनबहादुर गुरुङ एक हजार २५३ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रकी धनकुमारी गुरुङ एक हजार २८५ मतले विजयी भइन् । काँग्रेसले माओवादीका लाक्पा डुण्डुप लामा र माओवादीले काँग्रेसकी छेवाङ लामालाई उपप्रमुखमा पछि पारेको हो ।
धार्चेमा काँग्रेस
धार्चे गाउँपालिकामा काँग्रेसका सन्तबहादुर गुरुङ (सन्तोष) एक हजार ७०९ मतका साथ विजयी भए । उपप्रमुख पदमा काँग्रेसकी फूलमाया गुरुङ एक हजार ५९५ मतका साथ निर्वचित भएकी छन् । काँग्रेसले नयाँ शक्तिका लक्ष्मण गुरुङ र माओवादी केन्द्रकी आशा तमुलाई हराएको हो ।
अजिरकोटमा काँग्रेस
अजिरकोट गाउँपालिकामा काँग्रेसका फणिन्द्र धिताल तीन हजार ३३ मतका साथ निर्बाचित भए । उपप्रमुखका काँग्रेसकै चन्द्रमाया गुरुङ तीन हजार ३३ मतले विजयी भए । माओवादी केन्द्रका दीपक देवकोटा र अनिता भुजेललाई काँग्रेसले प्रमुख र उपप्रमुखमा हराएको हो ।
सिरानचोकमा काँग्रेस
सिरानचोक गाउँपालिकामा काँग्रेसका राजु गुरुङले तीन हजार ४०२ मत ल्याएर विजय हासिल गरेका छन् । यस्तै, उपप्रमुखमा काँग्रेसकै रीता देवकोटाले तीन हजार ४११ मत ल्याइन् । माओवादी केन्द्रका नवराज पुडासैनी र दीपा गुरुङलाई काँग्रेसले हराएको हो ।
गण्डकीमा काँग्रेस
गण्डकी गाउँपालिकामा काँग्रेसका होमबहादुर रानाले चार हजार १६४ मतका साथ बिजय भए । काँग्रेसकी ललिता अधिकारी चार हजार ९७ मत सहित उपप्रमुखको बिजेता बनिन् । प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका दीपक तिमिल्सिना र पूर्णा थापालाई काँग्रेसले हराएको हो ।
सहिद लखनमा माओवादी
सहिद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेश थापाले तीन हजार ८०८ मत ल्याएर प्रमुख पदमा विजयी भए । उपप्रमुख पदमा माओवादीकै इन्दिरा तिवारी तीन हजार ७९८ मतका साथ विजयी भइन् । काँग्रेसका कृष्ण आले र शर्मिला श्रेष्ठलाई माओवादीले हराएको हो ।
सुलिकोटमा माओवादी
गोरखाको सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका विष्णु भट्ट चार हजार ६५९ मतका साथ प्रमुख पदमा विजयी भएका छन् । उपप्रमुख पदमा माओवादी केन्द्रकै सनमाया गुरुङ चार हजार ५०१ मतले बिजयी भए । काँग्रेसका इन्द्र गुरुङ र जनककुमारी कोइरालालाई माओवादीले हराएको हो ।
मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि एघारवटै स्थानीय तहमा दलले विजय ¥याली निकालेका छन् । करिब २० वर्षपछि निर्वाचित जनप्रतिनिधि पाएको खुसियालीमा गोरखा नगरवासीले प्रमुख पन्त र उपप्रमुख श्रेष्ठलाई बाजागाजासहित नगर परिक्रमा गरेका थिए । निर्वाचन जितेकाहरु अधिकांश हालै जागिर छाडेर राजनीतिमा प्रवेश गरेकाहरु छन् ।
Equestrian. Christopher walken movies. Peroxide. Cynical definition. Auburn. Air. Fade. Sohcahtoa. Brunei. Lee jung-jae. Dice. Akash ambani. Reese witherspoon movies and tv shows. Magenta color. El salvador. Tawny. Harry styles. The buccaneers. Santa clarita. Sierra leone. Kean university. Hellen keller. Will arnett. Hgh. Bloomberg. Morgan library. Inevitable. Bonnaroo. Temp. New zealand time. Downsizing movie. Florence and the machine. Frivolous. Groupon. Interim. David duke. Washington mystics vs indiana fever timeline. Barca. Diphenhydramine. Vertigo causes. Yorkie. Mary lou retton. Salt. Football game. Fistula. Elmo. Bill clinton. https://forum-103720.tv53.ru/
Cleveland ohio. Girl. My. Fleetwood mac songs. B2 bomber. The night manager. Philadelphia museum of art. Georgia. Arizona time. Morphine. Massage parlor. Espanol. Liv tyler. Prince of egypt. Exemplified. Pvc. Toni morrison. J d vance. Map of us. 7th heaven. Herbert hoover. Trad. Fennel. Poem. Lost cast. Nikola tesla. Speaker of the united states house of representatives. Swan. What causes kidney stones. Adultery. Ferry. Draft day. Ketel marte. When was slavery abolished. Cool runnings. Adverse. That’s my boy cast. Iss. Supreme court of the united states. Patrick duffy. Emmy awards. Ocd. Brie larson movies and tv shows. Belgravia. Yahoo.. Palm beach. Appropriate. Goatee. Close. Bismuth. Osteoporosis. Dr dre. Giant schnauzer. Treasure island. Cheeks. Sepsis.