भर्जिनिया – यही December 29 तारीख़ 2018 शनिवारका दिन डीसी महानगर क्षेत्रको भर्जिनिया फेयरफ्याक्सको Chantilly Regional Library मा सामुदायिक भवन निर्माण गर्नको लागि महापुराण सप्ताहा लगाई fundraising गर्ने बारे बसेको बैठकमा पेश गरिएको कार्य पत्र माथि उपस्थित समाजसेवीहरु बीच छलफल तथा बिचार विमर्श आदान प्रदान भएको छ । सो भेलाले सामुदायिक भवन निर्माण गर्न महापुराणको आयोजना गर्ने र महापुराण लगाउँनको लागि यस क्षेत्रका सबै परिवारलाई समेटी हरेक परिवारको प्रतिनिधीलाई पुराणको आयोजक बनाई मूल समारोह समिति तथा उपसमितिहरू बनाउने निर्णय गरेको छ ।
मूल समितिमा संलग्न गराउन आग्रह गरे अनुसार संलग्न नामावलीमा उल्लेख हुनु भएका महापुराण मूल समितिकाे हाल सम्मकाे सदस्य संख्या ३७० रहेकाे सहर्ष जानकारी गराउदछाै । यस क्षेत्रका संपूर्ण परिवारहरुलाई समारोह समितिको मूल आयोजक समिति र उप समितिहरु को सदस्य वनी माहापुराण सम्पन्न गर्ने पूनीत कार्यमा सहभागी भई सामुदायिक भवन निर्माण अभियानमा होस्टेमा हैसे गर्नको लागि पुराण आयोजक समितिको तल दिइएको इमेल मार्फत आफ्नो नाम नम्वर पठाई सहयोग गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौ ।
हाम्रो माहामन्त्र:
सबै उठौ सबै जुटौ,
यो अभियानमा कोही पनि नछुटौ ।
यो लिस्टलाई तपाईहरुको रेस्पोंसको आधारमा हामी अध्यावधिक बनाउंदै लानेछौ र हरेक पटक केहि हप्ताकाे अन्तरमा जानकारी गराउदै जानेछौ, हाम्रो आशा छ कि यस अभियानमा हामी कोही पनि छुट्ने छैनौ ।
डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समिति
Email: [email protected]
www.dcmetrosaptaha2019.org
सम्पर्क फाेन : 571-438-5499
सप्ताह महापुराण आयोजक मूल समितिका हाल सम्मका सदस्यहरूकाे नामावली :






